प्रेम सुनार कार्तिक–१३, गुल्मी । जिल्ला निर्वाचन कार्यालय गुल्मीले दिएको विवरण अनुसार २०६४ सालको संविधान सभा चुनावमा गुल्मी क्षेत्र नम्वर १ का कुल ७४ हजार ७० मत मध्ये ३७ हजार ३ सय ७६ मत खसेका थिए भने १६ सय ३७ मत बदर र ३५ हजार ७ सय ३९ मत सदर भएका थिए ।
जस मध्ये एमाओवादी उमेदवार सुदर्शन बरालले १४ हजार १ सय ६५ मत प्राप्त गरेर विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी सुवर्ण ज्वारचनले ९ हजार ७ सय १ मत र एमालेकी मैनाकुमारी भण्डारीले ९ हजार ६७ मत ल्याएकी थिईन । त्यस हिसावले यसपाली वराललाई हराउन कांग्रेस एमाले उमेदवारहरुलाई झण्डै पाँच हजार मत बढि ल्याउनु पर्ने देखिन्छ ।
क्षेत्र नम्वर १ मा राष्ट्रिय जनमोर्चाका जमानसिंह रानाले १७ सय ८४ मत ल्याएका थिए । नेकपा एकिकृतका भिमप्रकाश रानाले ४ सय ३७ मत, राष्ट्रिय जन मुक्ती पार्टीका कर्णबहादुर सिंजालीले १ सय ३८ मत , स्वतन्त्र उमेदवारद्धयः वलबहादुर कुँवरले ४१ मत र रुपसिंह थापाले ३८ मत ल्याएका थिए ।
२०६४ सालमा क्षेत्र नम्वर २ मा कुल मत १ लाख ४८ हजार ८ सय ८८ थिए । खसेको मत ५६ हजार ५४ थियो । वदर २१ सय ६८ थियो भने सदर मत ५३ हजार ८ सय ८६ थियो । जस मध्ये एमले उमेदवार प्रदिपकुमार ज्ञवालीले २३ हजार २ सय ५३ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका चन्द्र भण्डारीले २१ हजार १ सय १ मत ल्याएका थिए ।
तेश्रो बनेको माओवादी उमदेवार निमबहादुर पाण्डेले ७ हजार ३ सय ३१ मत ल्याएका थिए । यस हिसावले माओवादीका लागि ज्ञवालीलाई हराउन दोब्बर मतदाता बढनु पर्ने देखिन्छ भने कांग्रेसलाई ३ हजार सम्म बढ ल्याए पुग्ने देखिन्छ । गत संविधान सभाको चुनावको नतिजाले क्षेत्र नम्वर २ मा कांग्रेस एमाले कै टक्कर देखिन्छ । क्षेत्र नम्वर २ मा राष्ट्रिय जनमोर्चाका उमेदवार छविलाल सर्तुङ्गेले ८ सय ६१ मत ल्याएका थिए ।

जनमोर्चा नेपालका यज्ञप्रसाद आर्चायले ५ सय ५३ मत, राप्रपाका मेघराज पन्थले ४ सय ५ मत, नेकपा एकिकृतका नन्दराम रानाले १ सय ९६ मत, राष्ट्रिय जनमुक्ती पार्टीका मानबहादुर थापा मगरले ७९ मत, स्वतन्त्र उमेदवारद्धयःयमबहादुर कुँवरले ५६ , छविलाल पाण्डेले ३८ र राप्रपा नेपालका लालबहादुर थापाले २३ मत ल्याएका थिए ।
२०६४ को चुनावमा क्षेत्र नम्वर ३ को कुल मतदाता संख्या ८२ हजार ७ सय ११ थियो । खसेको कुल ४५ हजार ५ सय १४ थियो । १८ सय ८३ मत बदर र ४३ हजार ६ सय ३१ मत सदर भएका थिए । जस मध्ये माओवादीका चन्द्रबहादुर थाप सागरले १६ हजार ५ सय ८१ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका गोकर्णराज विष्टले १४ हजार ५ सय ४३ मत ल्याएका थिए । कांग्रेसका सुरेशचन्द्र भुसालले ९ हजार १ सय ३२ मत ल्याएका थिए ।
त्यस हिसावले यस चुनावमा एमाओवादी उमेदवारलाई हराउन एमाललेलाई झण्डै तिन हजार बढि मतदाता बढ्नु पर्ने देखिन्छ भने कांग्रेसले ति दुबैलाई हराउन झण्डै दोब्वर मत दाता बढ्नु पर्ने देखिन्छ । त्यस बेला राप्रपाका भरतबहादुर चन्दले १४ सय ९६ मत, नेकपा मालेका ओमप्रसाद अर्यालले १ हजार २३ मत, राष्ट्रिय जनमोर्चाका खिमानन्द भण्डारीले ५ सय २७ मत, नेकपा एकिकृतका पशुपति भण्डारीले २ सय ३१ मत, राप्रपा नेपालका चुडाबहादुर थापाले ५४ मत र स्वतन्त्र कृष्ण प्रसाद पराजुलीले ४४ मत ल्याएका थियो ।

गत संविधान सभा चुनावको मत परिणम र यस पालीको फोटो सहितको मतदाता परिचय पत्रले दलहरुले आंकलन गरे जस्तो नतिजा आउन सक्ने देखिन्न । यस पाली मतदाता संख्या घटेको छ । क्षेत्र नम्वर १ मा अहिले कुल मतदाता संख्या ३९ हजार २ सय ६३ रहेको छ । क्षेत्र नम्वर २ मा ६० हजार ३ सय ६६ र क्षेत्र नम्वर ३ मा ५० हजार ९ सय ९३ मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यलय प्रमुख डिल्लीराज बञ्जाडेका अनुसार जिल्लामा यसपाली कुल १ लाख ५० हजार ६ सय २२ जना मतदाता रहेका छन् ।
0 $type={blogger}:
Post a Comment