गुल्मी, कार्तिक ११ -
निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले अबको दुई साता भित्र नै जिल्लाहरुमा फोटो सहितको मतदाता परिचय पुग्ने बताएका छन् । निर्वाचन आयोगले अन्य सबै सामाग्री र प्राविधिक समस्या समेत समाधान गरेर सोमबार देखि नै फोटो सहितको मतदाता परिचय पत्र छाप्न सुरु गरिसकेको आयुक्त गुरुङ्गले जानकारी दिएका हुन् ।
निर्वाचन तयारीबारे जानकारी लिन जिल्ला दौडाहामा हिँडेका आयुक्त गुरुङ्गले सोमबार तम्घासमा पत्रकारहरुसँग भेट्दै परिचय पत्र छपाई सुरु गरिसकिएको जानकारी दिए । १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताको परिचय पत्रको पछाडी सन्देश छाप्ने काम समेत सकिएको गुरुङ्गले बताए ।
'परिचय पत्रको पछाडीको भागमा निर्वाचन प्रकृयासँग सम्बन्धित सन्देशहरु छाप्ने काम सकेर सोमबारदेखि फोटो सहितको अगाडीको भाग छाप्न सुरु भयो', आयुक्त गुरुङ्गले भने, 'दुर्गमका जिल्लाका मतदाताको परिचय पत्र पहिला छापेर पहिला पठाईने र क्रमशः सुगम जिल्लामा पठाईने छ ।' मतदाता शिक्षा, आचारसंहिता अनुगमनलाई कडाईका साथ कार्यान्वयन गरिएको र मतदाता सहित निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधली रहित गराउन जिल्ला र ग्रामिण क्षेत्रमा सुक्ष्म अनुगमनकर्ता परिचालन गरिएको समेत उनले जानकारी दिए ।
प्राविधिक कारणबस परिचय पत्र सम्बन्धित जिल्लामा पुग्न नसकेपनि र पुगेका परिचय पत्रहरु हराएमा वा च्यातिमा रंगिन फोटोसहितको नामावली भएकाले त्यसैलाई हेरेर स्थानीय मतदान अधिकृत, स्थानीय दलका प्रतिनिधिहरुको रोहबरमा मतदान गर्न सकिने व्यवस्था मिलाइने समेत उनले बताए । आयुक्त गुरुङ्गले निर्वाचनको केन्दि्रयस्तरमा हुनुपर्ने तयारीको ९० प्रतिशत काम सकिएको र जिल्ला तहमा कर्मचारी छनोट, मतदान केन्द्रहरुमा पठाउने सामाग्रीको पोको पार्ने, मतपेटिका पठाउने र निर्वाचन सम्पन्न गर्ने काम मात्र अब बाँकी रहेको आयुक्त गुरुङ्गको दावी छ ।
२०६४ सालको संविधान सभाको निर्वाचनमा ६ प्रतिशत भन्दा बढी मत बदर हुने ३५ जिल्लाका १ सय १५ निर्वाचन क्षेत्रमा यस वर्ष मतदान शिक्षाका लागि विशेष कार्यक्रमहरु शुरु गरिएको छ । पहिलो संविधान सभा निर्वाचनमा तराईका जिल्लामा बढी मत बदर भएकाले स्थानीय समुदायका मतदाता शिक्षा कार्यकर्ताहरुलाई तालिम प्रदान गरेर स्थानीय भाषाकै माध्यमबाट शिक्षा कार्यक्रम संचालन गरिएकोले यस वर्ष कम मत बदर हुने आयुक्त गुरुङ्गले जानकारी दिनु भएको छ । तराई र दुर्गमका जिल्लामा ६ देखि ८ प्रतिशतसम्म मत बदर भएको थियो ।
0 $type={blogger}:
Post a Comment