वर्ष दिनमा घुम्दै फिर्दै आउने दशैं त्यो पनि गरिबको घरमा दु:ख संगै भित्रिन्छ... दशैं आउन अब केही दिन मात्र बाकी छ विरमान लाई भने सास फेर्ने फुर्सद छैन झिसमिसे देखी नै कामको चटारो छ ... ए बुढी ! यसपाली त छोरी ज्वाई आउदैछन् रे के खुवाउने होला ? घरमा मुठी चामल छैन, अब फेरी ज्वाई नै अयपछि जसरि भयानी मासुको पनि जोहो गर्नेपर्यो पोहोर साल त ठुले पनि घरमै थियो जसो तसो सबै जुटायकै थियौ यसपाली भने कसरी होला... बिरमानले आगन लिप्दै गरेकी श्रीमतिलाइ भन्यो उ भरखर खेतबाट आको छ । मध्यान्हको समय असोजको महिनाको घाम पनि पारिलो छ ... तर विरमानको मन भने कसरी दशैंको लागि चाहीने सामानको जोहो गर्नी हो भन्ने तनावले थिचीएको छ, घुम्म बादल मडारीएको जस्तो मडारीएको छ । गाउँमा दशैंको चहलपहल सुरु भैसकेको छ, तल्ला टोलका छिमेकि हरू भेला भयका छन् मेलाको तयारी हुदैछ । गाउँमा पनि त हुने खाने हरूकालागि मात्र दशैं रमाइलो नै हुन्छ, विरमान जस्ता गरिबहरुको लागि दशैं एउटा दशाजस्तै हो । के गर्नी त बुढा वर्षदिनको चाड, ऋण गरेरै भयपनी मानैपर्यो अब हाम्रो ठुलेले पैसा नपठाएपनि यसो पल्लो गाउँको जिम्माल साहु कहाँ ऋण खोज्न जऊन , पछि छोराले पठायपछि तिरीहालौला नि ,कुनै समस्यामा पर्यो होला या तलब पायन होला आशा नमार बुढा... श्रीमतिले बिरमानलाई हौसला दिइ । ऋण पनि कत्ति काढ्ने पोहोरसाल ठुले बिदेश जादा लेको पैसा अझै चुक्ता गर्न सकियको छैन, ठुलेले कसरी तिर्न सक्ला र ? फोनमा भन्ने गर्छ बाबा मलाइ घरको दु:ख थाहा छ तर यहाँ मालिकले तलब देकोछैन, बिचरालाई तेहा अरबमा कत्ति दु:ख छ रे ...
बुढा आमाबा छोराले ऋण तीरला भन्नी आशामा छन् । तथापी विरमानलाई थाहा छ,कि छोरोलाई ऋणको भारी ज्यादै गर्हुँगो हुनेछ ऊ त सकेसम्म यो सधैं ऋण काढ्नुपर्ने चाडबाट कसरी छुटकारा पाउने होला भनी सोंच्दैछ, तर विचरोले कसरी उपाय पहिल्याउन सकोस्,ऊ किकर्तव्यमुढ आकाशतिर हेर्दै बोल्छ-‘हे भगमान ! हामी गरिबमाथि दया गर्नोस् |’ अर्को दिन बिहान, केही सिप नलागेपछि बिरमान पुरानो साहुकोमा ऋण माग्न पल्लो गाउँतिर लाग्छ अलि तल बाटोमा उसले गाउँले हरू भेला भयको देख्छ, के को भेला रहेछ बुज्नु पर्यो भनेर उनीहरुको नजिकै पुग्छ, तेहा कसले भन्दै थिय यो दशैंमा त एउटा खसी हैन दुई वोटा काट्नु पर्छ त कसैले भन्दै थिय यसपाली त धेरै रमाइलो गर्नुपर्छ अर्को साल छुट्टि मिल्छ मिल्दैन, तिनै मध्यका अर्का भन्दै थिय बाटामुनि को बिष्णु पनि कोरिया बाट आईपुगेग्यो रे कत्ति धेरै पैसा कमायछ अबत तराइ तिर बसाइ सर्ने कुरा गर्दैछ रे तर विरमानलाई कसैले सन्चो बिसन्चो सम्म सोधेनन् ! उसले मनमनै सोच्छ यिनीहरु सोचादाहुन् यो संग कुरा गर्यो भने फेरी पैसा माग्छ होला तेसैले यिनीहरु मसंग नबोलेकाहुन् यस्तै सोच्दै तेहाबाट बाटो लाग्छ खोलापारी उकालोमा रहेको चौतारामा पुगेपछि यकैछिन तेहा बस्छ आकाश तर्फा हेर्दै मनमनमा गुन्न थाल्छ यसपालीपनी साहुले ऋण देलाकी नदेला ? समय धेरै भैसकेको र साझ घर पनि फर्कनु छ फेरी उकालो लाग्छ .... जदौ नमस्कार म विरमान फेरी हजुरको आगनमा आईपुगे... अह को विरमान तिमि आईपुगेउ अनि ल्याउत सबै पैसा... साहुजी बारदली बाटै भन्दै थिय | यति सुनेसंगै बिरमानको मनमा चिसो पस्छ फेरिपनि उसले हिम्मत गरेर आफ्नो समस्या बाताउछ......तर त्यो निर्दाही साहुले उसको कुरा सुन्दैन बरु उल्टै पुरानो पैसा नतीरे भयको घर खेत पनि लिलाम गरिदेने भन्छ | यति सुनी सकेपछि विरमान निन्याउरो मुख लगाउदै घरतिर फर्कन्छ , अब कसरी दशैं मनाउने होला यस्तै सोच्दा सोच्दै घर आइपुग्छ, झमकै साझ परिसकेको हुन्छ खाना खाइ सकेपछि यकैछिन रेडियो खोल्छ रेडियोमा गित बजेको हुन्छ , दशैं नै हो कि यो मेरो दशा... फर्किआएको... गित को सब्द आफ्नै लागि सिर्जित हो कि भन्ने बिरमानलाई लाग्छ ओछ्यानमा पल्टनै लाग्दा घडीले रातको साढे एघार बजाईसकेको हुन्छ .... फेरि डुब्छन् आफैंभित्र ‘ खसी पकाउनुपरेपनि फर्सी पकाउनपरेपनि भोली बिहानै बाहिर पल्ट्या मुढो चिरिसक्नु छ ... के गर्नु सबैलाई चाडको रमझम ... आफ्नो दुख आफैंसँग छ ... sss खुइइइ..... यम लाल बेलबासे, गुल्मी दिगाम हाल ~ बहराइन
0 $type={blogger}:
Post a Comment