Friday, October 18, 2013

दशैंको आखिरी दिन आज कोजाग्रत पूर्णिमा !


गुल्मी दिगाम सेरोफेरो, कात्तिक १ गुल्मी - आज कोजाग्रत पूर्णिमा, प्रतिपदाका दिन दशैंघर र कोतहरुमा घटस्थापना गरी सुरु भएको दशैं आज बेलुकी महालक्ष्मीको पुजा आराधना गरी बिसर्जन गरिँदैछ । विजया दशमीको दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आजैदेखि पुरा हुन्छ । कतिपय टाढा टाढा रहेका आफन्तकहाँ पुगेर आज पनि टिका लगाउने गर्छन् । यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ। यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन्। प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिँदैछ।दसैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ। आज गुल्मिका बिभिन्न ठुला मठ मन्दिरमा पुजापाठ तथा मेला लाग्ने गदर्छ बिशेस गरि रेशुङगा , ज्वाङ्ग ,चोएगाँ सान्तिपुर आदि ठाउमा पुजापाठ हुने गदर्छ।

0 $type={blogger}: