प्रेम सुनार, गुल्मी कार्तिक २०।
ललितपुर स्थित दायित्व नयाँघर संस्थाको सहकार्यमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले संचालन गरेको युवा उद्यमीको व्यावसाय प्रर्बद्धन तथा नविनताको खोजी कार्यक्रम अन्तरगत आज गुल्मी जिल्लाका उत्कृष्ठ १० उद्यमीहरु छनोट भएका छन् । जिल्लाका २ सय ३१ उद्यमीको आवेदनको आधारमा पहिलो चरणमामा उत्कृष्ठ ४० उद्यमी छनोट भएका थिए ।
ललितपुर स्थित दायित्व नयाँघर संस्थाको सहकार्यमा एकिकृत ग्रामिण विकास समाज गुल्मीले संचालन गरेको युवा उद्यमीको व्यावसाय प्रर्बद्धन तथा नविनताको खोजी कार्यक्रम अन्तरगत आज गुल्मी जिल्लाका उत्कृष्ठ १० उद्यमीहरु छनोट भएका छन् । जिल्लाका २ सय ३१ उद्यमीको आवेदनको आधारमा पहिलो चरणमामा उत्कृष्ठ ४० उद्यमी छनोट भएका थिए ।
४० जना युवा उद्यमी मध्येबाट एस एम एस र फेसबुक भोटिङ्गको आधारमा उत्कृष्ठ २० उद्यमी छनोट भएका थिए । साथै उद्यमीकै घरमा पुगेर अवलोकन तथा छनोट कार्यक्रममा उनीहरुले देखाएको प्रस्तुतिको आधारमा १० उत्कृष्ठ उद्यमी छनोट गरिएको कार्यक्रम अधिकृत मिनु महर्जनले जानकारी दिनुभयो ।
१० उत्कृष्टमा अर्जुन कनौजे छनोट हुनुभएको छ । कनौजे अश्लेवा गाविस निबासी अनुभवी व्यवसायिक युवा कृषक हुनुहुन्छ । उहाँले व्यवसायिक रुपमा ताजा तरकारी र दूध उत्पादनको कार्य गर्नु भएको छ । उहाँले नमुना कृषि फर्म संचालन गर्नु भएको छ । स्थानीय साधन र स्रोतमा आधारित व्यवसायिक कृषिबाट नै रोजगारीको सिर्जना सकिने विश्वास उहाँको रहेको छ ।
त्यस्तै रविलाल पन्त पनि छनोट हुनुभएको छ । पन्त रुरु गाविसमा बसी दूग्ध व्यवसाय गर्नुुहुन्छ । उहाँले गाउँलाई रक्सी र जुवातासबाट मुक्त पार्न कृषिमा आधारित उद्यमशीलताको विकास हुनुपर्ने मान्यता राख्नुहुन्छ । गुणस्तरीय दूध र दूधजन्य परिकार उत्पादन गरी उपभोगमा वृद्धि गराइ व्यवसाय प्रवद्र्धन गर्ने योजना उहाँको रहेको छ । दूधको बढ्दो मागलाई पूरा गर्न आफ्नो व्यवसायमा दूध प्रशोधन मेशीन राख्ने र रोजगारीको सिर्जना गर्ने योजना उहाँको रहेको छ ।
इन्दुबर ज्ञवाली १० उत्कृष्टमा पर्नुभएको छ । ज्ञवाली थानपति गाविसमा बसी अर्गानिक गुँड उत्पादन गर्नुहुन्छ । उहाँको गुँडको लोकप्रियता बढ्दो छ । जिल्लाभित्र मात्र होइन जिल्लाबाहिरसमेत उहाँले गुँड निर्यात गर्नुहुन्छ । गुँड उत्पादनमा नवीनता ल्याइ गुँडबाट चकलेट निर्माण गरी विदेश निर्यात गर्ने योजना उहाँको रहेको छ ।
चुमान घर्तिमगर पनि उत्कृष्ठ १० उद्यमीमा छनोट हुनु भएको छ । घर्ती मगर वामी गाविसको मालारानीमा बसी मौरीपालन गर्ने उद्यमी हुनुहुन्छ । उहाँले वामीको मालारानीमा माहुरीपालन गरी शुद्ध प्राकृतिक मह उत्पादन गर्नुहुन्छ । उहाँले माहुरी पालनलाई थप विस्तार गर्ने योजना बनाउनु भएको छ । उत्पादित महलाई विकसित देशमा निर्यात गर्ने सोँच उहाँले लिनु भएको छ ।
बिन बहादुर कुवंर उत्कृष्ट १० उद्यमी हो । जोगी कुँवर, रेसुङ्गा नगरपालिका –११ मा बसी ताजा तरकारी उत्पादन गर्नुहुन्छ । उहाँले १७ वर्षदेखि यो व्यवसाय गरिरहनु भएको छ । उहाँले आफै कम्पोष्ट मल उत्पादन गरी स्वस्थवद्र्धक अर्गा्निक तरकारी उत्पादन र विक्री गर्नुहुन्छ । उहाँले हाल १३ रोपनी जग्गामा मौसमी र वेमौसमी तरकारी उत्पादन गर्नुहुन्छ । उहाँले आगामी दिनमा व्यवसाय विस्तार गर्ने योजना बनाउनु भएको छ ।
अजयकपुर श्रेष्ट उत्कृष्ट १० उद्यमीमा हुनुहुन्छ । श्रेष्ठले धुर्कोट रजस्थलमा बसी आर्थिक रुपमा आत्म निर्भर बन्न आफ्नै गाउँमा बाख्रा फार्म संचालन गर्नु भएको छ । उहाँले उच्च स्तरीय व्यवसायिक ज्ञान र सीप हासिल गरी आधुनिक र व्यवसायिक बाख्रा पालन गर्ने सोँच लिनु भएको छ । भविष्यमा व्यवसायलाई थप सशक्त पार्दै डिपिङ्ग टेङ्क, चिस्यान केन्द्र बनाउने लक्ष्य उहाँको रहेको छ । व्यवसाय विस्तार गरी उत्पादन र रोजगारी वृद्धि गर्ने उद्देश्य लिइ व्यवसायिक बाख्रा पालनमा क्रियाशील हुनुहुन्छ ।
टेक बहादुर रजाली पनि उत्कृष्ट उद्यमी हुनुहुन्छ । रजाली बलिथुम गाविसमा बसी तरकारी खेती, मौरीपालन र माछापालन गर्नुहुन्छ । उहाँले १७ वर्षदेखि यो व्यवसाय गरिरहनु भएको छ । आफ्नो व्यवसायलाई थप विस्तार गर्ने योजना बनाउनु भएको छ । मेहनत गरे कृषि व्यवसायमा राम्रो संभावना छ भन्ने विश्वास उहाँको रहेको छ । कृषिको व्यवसायीकरणबाट नेपालको आर्थिक विकास गर्न सकिने मान्यता उहाँको छ ।
खड्गबीर थापा पनि २० उद्यमीबाट १० मा छनोट हुनुभएको छ । खड्गविर थापा ठूलोलुम्पकेक गाविसमा बसी कृषि फार्म संचालन गरी ताजा अर्गा्निक तरकारी, माछा र अण्डा उत्पादनमा सक्रिय हुनुहुन्छ । उहाँले कृषिको व्यवसायिकरण गरी युवाहरुलाई स्वरोजगार बनाउनु पर्ने धारणा उहाँको रहेको छ । बढ्दो अर्गा्निक तरकारीको माग पूरा गर्न आफ्नो व्यवसाय विस्तार गर्ने र माछा र अण्डाको माग पूरा गर्न फार्मको उत्पादन क्षमता बढाउने सोँच उहाँको रहेको छ ।
इन्द्र बहादुर डम्मरपाल पनि उत्कृष्ट हुनु भएको छ । डम्मरपाल विरबास गाविसमा बसी वंगुरपालनमा सक्रिय कृषक हुनुहुन्छ । उहाँले आधुनिक खोर निर्माण गरी वंगुर पालन गरिरहनु भएको छ । उहाँले वंगुरको मासुको मागलाई पूरा गर्न यो पेशा अंगाल्नु भएको हो । उहाँले स्वस्थ वंगुरको मासु जिल्लाभित्र विक्री गरिरहनु भएको छ । आगामी दिनमा गुल्मीबाहिर समेत निर्यात गर्न सक्ने गरी व्यवसायको विस्तार गर्ने योजना उहाँको रहेको छ ।
र बीर बहादुर विक पनि उत्कृष्ट १० मा पर्नुभएको छ । विश्वकर्मा अमरअर्वाथोक गाविसमा बसी कृषि औजार उत्पादन गर्ने उद्योगी हुनुहुन्छ । उहाँले कृषि औजारका अतिरिक्त खुकुरी, ग्रिल, चेनगेट, रेलिङ्ग उत्पादन गर्नुहुन्छ । उहाँले यस व्यवसायलाई थप व्यवस्थित बनाउन आधुनिक मेशीन जडान गर्नु भएको छ । साथै आफ्नो व्यवसायमा थप मेशीन थप गर्ने उहाँको योजना छ ।
परम्परागत पेशालाई आधुनिकीकरण गरी समयानुकूलको व्यवसाय विकासमा उहाँ क्रियाशील हुनुहुन्छ । उत्कृष्टले नगद २५ हजार प्राप्त गरेका छन् । भने शाहसी महिला उद्यमीको रुपमा अस्लेवाकी तुल्सा पाण्डेयलाई सम्मान गरिएको छ ।
0 $type={blogger}:
Post a Comment