प्रेम सुनार गुल्मी, माघ २८ ।
एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य दिनेश पन्थीले अग्रगामी संविधान बनाउनका लागि जनतालाई आन्दोलनमा उत्रन आव्हान गरेका छन् । २०४६ कै जस्तो गरिव जनताको आँखामा छारो हाल्ने र हिजोका पुँजीपतिहरु नै मौलाउने खालको संविधान कांग्रेस एमालेले बनाउन खोजेको आरोप लगाउँदै नेता पन्थीले आज गुल्मीको दिगाममा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै यस्तो बताएका हुन् ।
सहमतिमा संविधान निर्माण गर्नु पर्नेमा कांग्रेस एमालेहरु गणितीय खेलमा लागेर शान्ति प्रकृयाको एउटा ठुलो हिस्सा एकिकृत माओवादीलाई पेलेरै अगाडी बढ्न खोजेको छ’–नेता पन्थीले भने–‘ यो भनेको नेपाली जनताको क्रान्ति माथी प्रतिक्रान्ति हो जसको प्रतिरोध गर्न सदियौं देखि पछाडी परेको वर्ग र समुदाय उठ्नै पर्छ ।’
उनले कार्यकर्ताहरुलाई हौंसाउँदै थपे–‘ तपाईहरु हिजो गोली वारुद संग लडेकै हो अव त्यस्तो न सहि रक्तपात विहिन युद्धका लागि तयार हुनुहोस् । ’ .उनैको प्रमुख आतिथ्यतामा ६ नम्वर ईलाका दिगामको बैठक र प्रशिक्षणमा लोकनाथ पाण्डेको संयोजकत्वमा ५१ सदस्यीय जन आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ ।
त्यस्तै रामप्रसाद पन्थको संयोजकत्वमा प्रचार प्रसार समिति र रामबहादुर पुनको संयोजकत्वमा ३१ सदस्यीय युवा दस्ता दस्ता गठन गरिएको वाईसियलका जिल्ला सदस्य जनक पन्थले बताए । एकिकृत नेकपा माओवादी ६ नम्वर ईलाका ईन्चार्ज अशोक थापा – मुक्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामप्रसाद पन्थको स्वागत मन्तव्य र लोकनाथ पाण्डेको सञ्चालन रहेको थियो ।

0 $type={blogger}:
Post a Comment