प्रेम सुनार गुल्मी, कार्तिक १४ ।
क्षमता भन्दा बढि यात्रु दुर्घटनाको प्रमुख कारण मानिने कुरालाई ध्यानमा राखी यहाँको प्रहरीले आज देखि छतमा मान्छे राख्ने सवारी साधनहरुलाई नियन्त्रणमा लिन थालेको छ । दुर्घटना न्युनिकरणका लागि आज देखि यो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए । शुक्रवार विहान विभिन्न स्थानमा चेक–जाँच गरी छतमा मान्छे राख्ने दर्जनौं जिपहरु नियन्त्रणमा लिईएको छ । प्रवक्ता नेपालका अनुसार नियन्त्रणमा लिईएका ति जिपका चालक दललाई एकाधा घण्टा प्रशिक्षण दिईने छ र आगमी दिनमा छतमा मानिस राखे कडा कार्वाही हुने चेतावनी समेत दिईने छ । जिपमा मात्र होईन वसमा समेत सिट क्षमता भन्दा बढि र छतमा पनि अटि नअटाउ मानिसहरु राखेको देखिन्छ नि ? भन्ने प्रश्नमा प्रहरी निरीक्षक नेपालले भने –‘अव बढि यात्रु राख्ने वस र अन्य सवारी साधनलाई पनि नियन्त्रणमा लिईने छ ।’ त्यसो त क्षमता भन्दा बढि मानिस राख्न सवारी चालकहरुले मनाही गर्दा गर्दै पनि यात्रुहरु जवरजस्ती चढ्ने गरेको समेत पाईएको छ । यस कुरामा सर्व साधरणलाई समेत जनचेतना दिनु पर्ने र कोही त्यसरी जवरजस्ती चढे उनिहरुलाई पनि सामन्य जरीवाना गर्न सके प्रहरीको यो अभियान सफल हुने देखिन्छ । वस र जिपमा यात्रा गर्ने क्रममा चालकहरुले ट्राफिक नियम विपरित यात्रा नगर्न आग्राह गर्दा उनिहरु माथी कतिपय यात्रुहरुले दादगिरी लाद्ने र निर्ममता पुर्वक कुटपिट समेत गर्ने गरेका छन् । चालक दलको गुनासो छ–‘यता प्रहरी कार्वाही र अर्कोतिर यात्रुहरुको दादागिरीले आफुहरु आजित छौं, यस कुरामा पनि सञ्चार माध्यमले ध्यानकृष्ट गराई दिनु प¥यो । ’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हिमालयकुमार श्रेष्ठले भने सवारी चालकहरुका समस्यालाई पनि सम्वोधन गर्दै यात्रु र चालक दल सवैले अनुशासनमा रहेर यात्रा गर्न सु–सुचित गदैं आएका छन् । उनि आफै पनि सडकमा खटिदै सदरमुकाममा व्यवस्थीत पार्किङ्ग र ट्राफिक नियम पालना गर्न गराउन लगाएका छन् ।
तस्वीरः जिल्ला प्रहरी कार्यालय परिसरमा नियन्त्रणमा लिईएका दर्जनौ सवारी साधनहरु

0 $type={blogger}:
Post a Comment