प्रेम सुनार गुल्मी, जेठ २५ ।
केहि दिन अघि प्रधानध्यापक नियुक्तिमा असन्तुष्ट एक समुहले गुल्मीको श्रंङ्गा जनता उच्च माध्यामिक विद्यालय दिगाम २ को प्रधानध्यापक कार्यकक्षमा ताल वन्दी गरेको छ ।
पुर्व प्रधाध्यापक होमनाथ कंडेलले अवकास लिएको र उनले उक्त जिम्मेवारी शिक्षक कृष्णप्रसाद गौतमलाई दिए पछि त्यहाँको एक पक्ष असुन्तुष्ट रहेकोले तालावन्दी गरिएको हो । पुर्व प्रधानध्यापकबाट निमित्तको जिम्मेवारी पाएका गौतमलाई जेठ २१ गते वसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानध्यापकमा अनुमोदन गर्ने निर्णय गरेको जनाईएको छ ।
उक्त निर्णयको विरोधमा व्यवस्थापन समितिका दुई जना सदस्य विष्णुप्रसाद कंडेल र हेमा कंडेलले राजिनामा समेत दिएर वाहिरिएका थिए । उनिहरु सहितको समुहले अर्को दिन माध्यामिक तहका दुई जना शिक्षक विद्यालय मैं हुँदा हुँदै निमावि तहका शिक्षक गौतमलाई प्रधानध्यापक बनाउन नहुने भन्दै विद्याययलाई ज्ञापन पत्र वुझाएका थिए ।
जिल्ला शिक्षा कार्यालयलाई वोधार्थ समेत बुझाउँदा पनि सुनुवाई नभए पछि आज प्रधानध्यपकको कार्यकक्षमा ताल वन्दी गरिएको व्यवस्थापन समितिका असन्तुष्ट सदस्य विष्णुप्रसाद कंडेलले बताए । मावि तहका शिक्षक माधव पौड्याल र विकाशचन्द्र कंडेल हुँदा हुँदै पुर्व प्रअ होमनाथ कंडेलले निमावि तहका गौतमलाई प्रअको जिम्मेवारी दिनु गलत भएको भन्दै कंडेल लगातका एक पक्षले गौतमलाई प्र.अ. स्वीकार्न तयार छैनन् ।
यस सम्वन्धमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कंडेलले शिक्षक गौतम प्र.अ.को जिम्मेवारी सम्हाल्न योग्य भएकोले व्यवस्थापन समितिले विश्वास गरी जिम्मेवारी सुम्पिएको बताए । ‘
‘ यो सामुदायिक विद्यालय हो’– अध्यक्ष कंडेले भने –‘व्यवस्थापन समितिले सक्षम ठाने निमावी त के प्रावि तहको शिक्षकलाई पनि प्रअको जिम्मेवारी दिन सक्छ । ’ शिक्षक गौतम स्थानिय हुनहुन्छ र यसै विद्यालयको पुर्व विद्यार्थी पनि हुन् ’–उनले थपे –‘ प्रअ चलाउन सक्ने उहाँको योग्यता र सक्षमता यहि आएर बुझ्नु होस् । ’
नव नियुक्त प्रअ गौतम संग सम्पर्क राख्दा उनले कसैबाट समर्थन वा विरोध आउनु स्वभाविक भएको मनन गर्दै आफुलाई व्यवस्थापन समितिले दिएको जिम्मेवारी आफ्नो क्षमताले भ्याए सम्म सम्हाल्ने बताए । उनले आफुलाई पदको लालच भन्दा पनि विद्यालयको शैक्षिक विकास गर्ने चिन्तन बोकेको विचार ब्यक्त गरे ।
२०६५ साल असार २४ गते देखि त्यस विद्यालयका शिक्षक रहेका गौतम आफुले एम.एड. गरेको बताउ छन् । अहिले साँझ सम्म दुवै पक्ष छलफलमा वसी सहमतिको प्रयास भई रहेको अध्यक्ष कृष्णप्रसाद कंडेलले जानकारी दिए ।

0 $type={blogger}:
Post a Comment