Tuesday, June 3, 2014

भिरबार लडेर एक को मृत्यु, रगताम्य अवस्थामा एक पुरुषको शव फेला

टोपलाल अर्याल २० जेष्ठ, गुल्मी ।

आज विहान गुल्मीको रेसुङगा नगरपालिका वडा नम्बर ७ को सिस्नेहारको खोल्सामा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५५ बर्षका अपरिचीत पुरुषको शव रगताम्य अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यलयबाट घटना स्थल पुगेका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले उक्त शवको पहिचान हुन नसकेको जानकारी दिए ।

शरिरमा चोट र रगतले गर्दा शवको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । शव माथीको भिर र शव भएको ठाउँमा रगत भएकाले मृत्युको कारण बारे अनुसन्धान भैरहेको छ । मृतकक कालो वर्ण, कपाल फुलेको, हाप पाईन्ट र निलो टिसटमा छन् । उनि करिव चार पाँच फिटको भएकाले कसैका आफन्तजन घरबाट हराएको भए सम्पर्क राख्न जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुरोध गरेको छ । शव पोष्ट मार्टमका लागी तम्घास अस्पतालमा राखिएको छ ।
यस्तै गुल्मीको सिर्सेनीमा एक जनाको भिरबाट लडेर ज्यान गएको छ । इलाम चनौटा वडा नं ५ घर भएका ४१ बर्षिय मनीप्रकाश राईको सिर्सेनीको वडा नं ७ को भिरवाट लडेर ज्यान गएको हो । उनी करिव ३ सय ५० मिटर अग्लो भिरबाट लडेको प्रहरीले जनाएको छ । टाउको तल र खुट्टा माथी भएर भिरमा अड्किएको अवस्थामा उनको शव स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए । शवलाई इलाका प्रहरी कार्यालय पुर्कोटदहमा ल्याइदै छ । गत सोमबार पनि गुल्मीको हर्राचौरमा एक बालकको भिरबाट लडेर ज्यान गएको थियो । हर्राचौर माविको कक्षा ९ मा अध्ययनरत बिनोद हमालको बिदालयबाट फर्कने क्रममा च्यानडाँडा भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएको थियो ।

0 $type={blogger}: