Sunday, June 1, 2014

गुल्मीमा अहिले सम्म कै वढि संख्यामा आँखा अप्रेशन

प्रेम सुनार गुल्मी, जेठ १८ ।
एउटै टेवुलबाट एउटै डाक्टरले गुल्मीमा अहिले सम्म कै ठुलो संख्यामा आँखा अप्रशेन गरेका छन् । नेपाल नेत्रज्योति संघ गुल्मी, लुम्विनी नेत्र विज्ञान अध्यान संस्था रुपन्देही र आँखा उपचार केन्द्र गुल्मीले संयुक्त रुपमा आयोजना गरेको तिन दिने निःशुल्क आँखा अप्रेशन शिविरमा १ सय १२ जनाले आँखा अप्रेशन गरेका हुन् ।
एउटै डाक्टरले यति धेरैको आँखा अप्रेशन गरेको यो अहिले सम्म कै बढि रहेको नेपाल नेत्रज्याति संघ गुल्मीका सचिव अखिलेश्वरप्रसाद पाण्डेले बताए । ‘आज भन्दा ४ वर्ष अघि आओका नामक जापनी संस्थाले तम्घासमा राखेको शिविरमा १ सय ३२ जनाको अप्रेशन गरेका थिए’– पाण्डेले भने–‘ त्यति बेला डाक्टर र स्वास्थ्यकर्मीको संख्य बढि थियो । ’
‘उति वेला २७ जना स्वास्थ्यकर्मीहरुको टोलीले आँखा अप्रेशन गरेको थियो’– पाण्डेले थपे –‘अहिले रण अम्विनका आँखा अस्पताल भैरहवाका नेत्र विशेषज्ञ डाक्टर वल थापाको नेतृत्वमा आएको ९ जना र यहाँको ७ जनाको टोलिले यति धेरैको अप्रेशन गर्न सफल भयो ।’
उनका अनुसार तिन दिनमा गुल्मी, आर्घाखाँची र बाग्लुङ्ग सम्मका ३ सय ८० जनाले आँखा जाँच गरेका छन् । मोतिय विन्दुको अप्रशन गरे पछि बाग्लुङ्ग खरवाङ्ग वजारका ७० वर्षिय वलबहादुर बिश्वकर्माले तिन वर्ष पछि उज्याले संसार नियल्न पाएका छन् ।
त्यस्तै अर्घाखाँची मरेङ्ग ४ का ७९ वर्षिय बृद्ध रामबहादुर बिकले गत भदौमा गुमेको दृष्टी पाएका छन् । गुल्मी छापाहिले ७ की ७९ वर्षिया भुमी कार्की, अमरपुर २ का विपन्न परिवारका भुमबहादुर मुखिया, हाल रेसुङ्ग नगर पालिका बनेको तत्कालिन सिमीचौर गाविसकी ८४ वर्षिया बृद्धा आम्वीका मगरले र ईस्मरजस्थल ६ की ८० वर्षिया नन्दकला भण्डारीले पनि डेढ वर्ष अघि गुमेको ज्योति पाएकी छन् ।
अप्रेशन गरिएका १ सय १२ जना २८ देखि ८६ वर्ष सम्मका रहेको सचिव पाण्डेले जानकारी दिए । उक्त अप्रेशन गर्न एक जनालाई कम्तीमा ४ हजार रुपैयाँ लाग्ने गर्दछ । जुन रकम नेपाल सरकारले दिएर उक्त शिविरमा जनताले निशुल्क अप्रेशन गर्ने अवसार पाएका हुन् ।
तस्वीरमा: उक्त आँखा अप्रेशन शिविरको
16
12

14
15

0 $type={blogger}: