गगनशिला खड्का गुल्मी, १३ जेठ ।
यता दिनुहँ सदरुमुकाम तम्घासमा भेट हुने सहकर्मी र सहयात्रीको निधनले अन्य राजनितिक दलका पार्टी प्रमुखलाई समेत निराश बनाएको छ । उहाँको पार्थिब शरिरलाई दिल्लाबाट आईतबार दिउँसो दुईबजेतिर एमाले पार्टी कार्यालयमा राखी सोही दिननै साँझ चार धाम मध्येको एक धाम रिडीमा दाहसंस्कार गरिएको छ । पाण्डेलाई नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावली,केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं सभाषद गोकर्ण विष्ट,ठाकुर गैरे,नेपाल सरकारका मुख्य सचिब लिलामणी पौडेल लगायत नेकपा एमालेका अञ्चल कमिटीका पदाधिकारी,जिल्ला कमीटी,कार्यकर्ता,शुभचिन्तकले श्रदाञ्जली अर्पण गरेका थिए ।
२०३६ सालमा कम्युनिष्ट पार्टीमा लाग्नुभएका पाण्डेको योगदानलाई श्रदाञ्जली सभामा प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले यसरी सम्झिनुभयो “कमरेड टोमलाल जी,ले २०३६ सालदेखी अहिले सम्म पदिय स्वार्थ विना पार्टीमा योगदान गर्नुभयो,उहाँले निःस्वार्थ भावनाले गरेको पार्टीको प्रतिको योगदानलाई म यो क्षणमा सम्मान व्यक्त गर्दछु । ”
ज्ञावलीले भन्नुभयो ः“ आज उहाँको अचानक निधन भएको छ,यो दुःखद घट्नाले मलाई मर्माहत बनाएको छ ,तर पनि कमरेड टोमलाल जीले हामीले कहिल्यै नर्विसने गरी अमिट छाप छोडेर जानुभएको छ । ” “उहाँले पदका लागि कहिल्लै राजनिति गर्नुभएन,आफुले अवसर नपाउँदा पनि कुनै गुनासो रहेन ।” ज्ञावलीले भन्नुभयो ।
यस्तै त्यहाँ उपस्थित नेकपा एमालेका केन्द्रिय सदस्य गोकर्ण विष्टले टोमलाल पाण्डे आफ्ना राजनितिका प्रारम्भिक चरणका गुरु भएको बताउँनुभयो । इमान्दार,पार्टीप्रति निष्ठावान एउटा योग्य नेता तथा कार्यकर्ता नेकपा एमालले गुमाएको प्रति विष्टले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ः “ कमरेड पाण्डेले मलाई मेरो राजनितिको शूरुवाती चरणमा सहयोग गर्नुभएको हो । त्यसकारण म उहाँलाई मरो राजनितिको प्रारम्भिक चरणको गूरु भनेर सम्मान गर्छू ।”
विष्टले एउटा असल,सहयोगी,मे्हनति र आफ्ना लागि भन्दा पनि अरुका लागी मरीमेट्ने पाण्डेको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताउनुभयो । गुल्मी क्षेत्र नं ३ का सभाषद विष्टले स्वर्गीय पाण्डेको स्मरण यसरी गर्नुभयो ः“ म २०३५ सालमा घर इम्मा दोहलीवाट तम्घास आउन धोक्रोमा आटो बोकेर आउँदै थिएँ,त्यही क्रममा मेरो पहिलो भेट उहाँ संग रैदीमा भयो,मलाई त्यहाँ वाट तम्घास आउदाँ सम्म उहाँले साथ दिनुभयो,त्यतीबेला देखी नै म उहाँवाट प्रभावित भएको हुँ ।” आफु भन्दा ठुलालाई आदर गर्ने र सानालाई सम्मान गर्नै स्वभावका मिजासिला,हसीला अनुहारका
पाण्डेको निधनमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं २ सभाषद चन्द्र भण्डारीले पाण्डे कम्युनिष्ट आन्दोलनको अगुवा मात्र नभई देशका हरेक राजनितिक परिवर्तनहरुमा सक्रिय सहभागी भएको बताउनभयो ।
संगठन भित्र होस् या बाहिर सबैका नजरमा परीसक्नुभएका पाण्डे युवाहरु माझमा पनि उत्तिकै परिचित र लोकप्रिय हुनुहून्थ्यो । करीब दुई बर्षको उहाँसंगको उठबसमा नेकपा एमाले गुल्मीका कार्यालय सचिब तथा अनेरास्वियुका जिल्ला सचिब राजेन्द्र विक्रम कुँवरले के सिक्नुभयो त ? “ मेरो डेढ दुई बर्षे उहाँसंगको यात्रामा मैले मात्र होइन आम युवाहरुले सिक्नैपर्ने गुणहरु भेट्टाएँ ।” कुँवरले “ उहाँले सधै आफु सधै सोझो उभिनु तर अर्कोले बाङ्गो उभिएको देखेर नर्तसिनु भनेर सिकाउने गर्नुहुन्थ्यो ।”
लामो समयदेखी नेकपा एमालेमा क्रियाशिल पाण्डे तत्कालिन माक्सवादी विधार्थी संगठनका सदस्य,युवा संघका केन्द्रिय सचिब,पार्टीको अञ्चल सदस्य र एकिकरणपछि एमाले जिल्ला सदस्य हुदैँ एक बर्ष अगाडी सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष बन्नुभएका थियो । कानुनमा स्नातक गर्नुभएका ६० बर्षिय पाण्डेका तिन छोरा र श्रीमति सहित बृद्ध आमा पनि हुनुहुन्छ ।

0 $type={blogger}:
Post a Comment