प्रेम सुनार चैत्र १३ गुल्मी।
नेपाल नेत्र ज्योति संघको ३५ औं नेत्र ज्योति दिवसका अवसरमा संघको गुल्मी तम्घास शाखाले वैरा अपङ्गता र वौद्धिक अपाङ्गता भएका वाल वालिकाहरुको आँखा परिक्षण एवं उपचार गरेको छ । उपल्लो तम्घास माध्यामिक विद्यालयका ४ जना वैरा अपाङ्गा र २४ जना वौद्धिक अपाङ्ग वाल वालिकाहरुलाई आँखा परिक्षण, औषधी र आवस्यकता पर्नेलाई चस्मा समेत वितरण गरेको थियो । उनिहरुको आँखा परिक्षण किल्नीक ईन्चार्ज किरण ढुङ्गानाले गर्नु भएको थियो ।३५ औं नेत्र ज्योति दिवसका अवसरमा आयोजित कार्यक्रत कार्यक्रममा संघ उप सभापति शेरबहादुर थापा, सचिव अखिलेश्वरप्रसाद पाण्डे र सदस्य कृष्णप्रसाद पाण्डे लगायतको सहभागिता थियो ।
0 $type={blogger}:
Post a Comment