प्रेम सुनार
गुल्मी,२५ माग । गुल्मी जिल्लाका नेत्र हिनहरुका ज्योतिहरु मध्येका एक मानिने गुल्मीको वामी गाविस वडा नम्वर ६ का अगुवा समाज सेवी कृष्णहरी सापकोटा आज सम्मानित भएका छन् । प्राथामिक आँखा उपचार केन्द्र वामीका लागि ५० हजार मुल्य बराबरको जग्गा दान दिने सापकोटालाई नेपाल नेत्रहिन संघ गुल्मीको नेपालको १८ औं जिल्ला सभाले उनलाई सम्मान गरेको हो । उनलाई संघका जिल्ला अध्यक्ष भरतबहादुर चन्द, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले दोसाल्ला ओढाएर सम्मान गरेका हुन् । कार्यक्रमका बक्ताहरुले सापकोटा गुल्मेली नेत्रहिनहरुका आँखाको ज्योति बेनको प्रतिकृया दिएका थिए । सम्मान कार्यक्रममा सापकोटाले नेत्र ज्याति संघको भब्य भवन देखाउँदै भने–‘ यत्रै भवन बनाई दिएर हुन्छ भने म एक्लैले बनाई दिन्छु । ’ उनलो यस भन्न साथ तालिले सभा गुञ्जायमान बन्यो । उनले ३० लाख रुपैयाँ लागतमा भवन पनि बनाई दिने आजै उद्घोस समेत गरेका छन् । सापकोटाले नेत्रहिनको क्षेत्रमा देशभर मैं उत्कृष्ट कार्य गरे वापत गत वर्ष नेत्रहिन संघको केन्द्रले नै उनलाई एसस्कर नामक उपाधीले सम्मानित गरेको छ । त्यस्तै आजै गुल्मी शाखाका प्रबन्धक सुर्यबहादुर बस्नेतलाई उत्कृष्ट कार्य गरे बापत सम्मान गरिएको छ । गत २३ वर्ष देखि कार्यरत बस्नेतलाई दोसाल्ला , प्रमण पत्र र रु १० हजारले सम्मान गरेका थिए । सो रकम भने उनले नेत्रहिनहरु कै सेवाका लागि भन्दै संघलाई फिर्ता गदै उनी सम्मानित भएको खुशीमा गला अवरुद्ध पार्दै आभार प्रकट गरे । त्यस्तै सापकोटाले पनि संघप्रति आभार प्रकट गरे । प्रस्तुत छ उनै समाज सेवी सापकोटासंग ओझेलका खवर युनिटका लागि सहकर्मी प्रेम सुनारले गरेको रेडियो कुराकानी ।

0 $type={blogger}:
Post a Comment