प्रेम सुनार गुल्मी ९ माघ ।
मुटुमा प्वाल परेर जिवन मरणको दोसाँधमा रहेका तर आर्थिक अभावका कारण उपचार गर्न नसकेका गुल्मी हस्तीचौर १ जुकेपानीका श्याम घर्तिको कथा ब्याथा ओझेलका खवर गुल्मी दिगाम सेरोफेराबाट सुनेर विभिन्न ब्याक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । पछिल्लो चरण विदेशमा कार्यरत गुल्मीका केहि ब्याक्तिहरुको अगुवामा ८५ हजार रुपैया थप सहयोग भएको छ ।
ईजराईलमा कार्यरत मुसिकोट ५ देउराली निवासी विद्या कार्कीको अगुवाईमा ईजराईल। युरोप र अमेरिकामा कार्यरत नेपालीहरुले ३० हजार , कतारमा कार्यरत दर्लामचौर ४ रामकोट गुल्मी निवासी बाबुराम महतले ३० हजार रुपैयाँ, दर्लामचौरकै रामकोट निवासी जगनाथ अधिकारीले १५ हजार २५ रुपैयाँ , गुल्मीको अर्खले घर भई ईजराईलमा कार्यरत मञ्जु थापाले १० हजार रुपैयाँ सहयोग पठाउनु भएको छ ।
त्यस्तै हस्तीचौर दोहलीका विद्यालय र समाज सेवीहरुबाट करिव २० हजार रुपैयाँ सहयोग भएको श्यामका बाबु आमाले बताउनु भएको छ । ईजराईलबाट कार्कीको अगुवाईमा रुद्रपुर ९ रुपन्देहीकी कविता ढकाल, जोहाङ्ग ७ गुल्मी लामहरी डाँडाकी सिता भण्डारी, हाङ्गपाङ्ग ३ ताप्लेजुङ्गकी सुस्मीता चुँदाली, अमरपुर गुल्मीकी कमला पराजुली, प्युठानकी कमला पुन, ललितपुर पाटनकी रमीता मुल्मी, गंगा , अमृता, माया, वामीटक्सार २ गुल्मीका संगम शाक्य हाल युरोप, बैकुण्ठ रायमाझी वामी गुल्मी हाल युरोप , कैलाश केसी पौदीअमराई ४ शिवालय टोल गुल्मी हाल अमेरिकाबाट रकम संकलन भई एक मुष्ट ३० हजार रुपैयाँ पठाईएको हो ।
त्यसका अलवा दुवईमा कार्यरत नेपालीहरुबाट गुल्मी सेवा समाज युएईको अगुवाईमा १ लाख ३३ हजार संकलन भई सकेको र थप सहयोग गर्ने क्रम जारी रहेको गुल्मीको हुँगा निवासी समाजका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिएको दुवईबाट गुल्मीटुडे डटकम अनलाईनका पत्रकार ईस्मा रजस्थल निवासी मानबहादुर कुँवरले बताउनु भयो ।
यो सहित हाल सम्म २ लाख भन्दा बढि सहयोग श्यामलाई भएको छ । उनको फागुन महिनामा गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा शल्यक्रिया हुँदै छ । त्यसका लागि अढाई लाख डिपोजिट राख्नु पर्ने र थप तिन लाख रुपैयाँ आवस्यक पर्ने अस्पताल श्रोतले बताएको छ । सो रकम श्यामको पुरै सम्पत्ति बेचे पनि नपुग्ने भए पछि ओझेलका खवरको सहारा लिएर सहयोगको याचना गरेका थिए । अहिले सम्म सहयोग गर्ने सहयोग दातालाई उनका परिवारले आभार प्रकट गरेका छन र अरुबाट थप सहयोगको अपेक्षा राखेका छन् ।

0 $type={blogger}:
Post a Comment