Monday, December 2, 2013

जमना अनुसारले चल्नु पर्ने रहेछ यहाँ



जमना अनुसारले चल्नु पर्ने रहेछ यहाँ, मौषम अनुसारले लगाउनु पर्ने रहेछ यहाँ।
समय अनुसारले खानु पर्ने रहेछ यहाँ, मौका अनुसारले हिड्नु पर्ने रहेछ यहाँ।
दुख पिर लुकाएर हास्नु पर्ने रहेछ यहाँ, आफ्नो लागि नभएर परिवारको लागि यहाँ ।
खुसीको लागि बिदेशिनु पर्दो रहेछ यहाँ, कुनै दिन आसुले परेली पखाली दिन्छ यहाँ ।
प्रदेशको ठाउमा कहिले हासेर दिन जान्छ यहाँ, कुनै दिन आसुले परेली पखाली दिन्छ यहाँ ।
शारदा पोखरेल गुल्मी, दिगाम ४ चंडीस्थान हाल - इजराईल

0 $type={blogger}: