प्रेम सुनार गुल्मी १९ मंसिर ।
आज भन्दा एक डेढ दशक अघि सम्म विद्यालयमा शिक्षक आव्हान सम्वन्धी विज्ञापन खुल्दा प्राय महिला उमेदवार कमै देख्न पाईन्थ्यो तर अहिले पुरुष बढि मात्रमा वैदेशिक रोजगारमा भएकोेले प्राय पुरै महिला नै महिला उमेदवार हुने गर्दछन् ।
निजी श्रोतमा त झन महिलाहरु कै बाहुल्यता रहेको छ । पछिल्लो चराण् जिल्ला शिक्षा कार्यालय कै नियुक्ति तथ्याङ्गले पनि महिलाहरुको संख्य बढ्दो देखाउँछ । गाउँबाट शिक्षित पुरुष शहर पस्ने वा बैदेशिक रोजगार ताक्ने भएका कारण विद्यालयमा महिलाहरुले अध्यापन पेशमा कब्जा जमाउने अवसर पाएको शैक्षिक क्षेत्रमा चर्चा लल्न थालेको छ ।
शैक्षिक गणतान्त्रिक मञ्चका जिल्ला अध्यक्ष खुमबहादुर थापा भन्छन् –म अध्यक्ष रहेको विद्यालय जन जागृति निमावि बडागाउँ ७ चौरमा त्यस्तै पाँच पटक सम्म शिक्षक आव्हान गरिए होला तर पुरुषकोे उम्ेदवारी नै कम प¥यो । ’ उनले थपे–‘त्यहाँ एकादुई पुरुष आए भने विदेश जाने तयारीमा रहेको भन्दै धोरोमोरो कुरा गर्छन , अनि जहिले पनि महिला उमेदवार नै बढि आउने भएकाले ७ जना महिला र दुई जना मात्रै पुरष शिक्षक हुनुहुन्छ । ’ जहाँ स्थापना काल २०५७ देखि नै सुशिला पोखरेलले प्रधानध्यापक चलाउँदै आएकी छन् । थापा भन्छन् ः– ‘पुरुषहरु विदेशतिर जान थालेपछि मात्र महिलाहरुले विद्यालयमा जागिर पाउने अवसर पाएका हुन अन्यथा यस्तो मौका पाउँदैनथे होला । ’ उनकै अध्यानमा निजी श्रोतमा रहेका कैयौं पुरुषहरु शिक्षण पेशालाई बैकल्पिक पेशाका रुपमा लिने र विदेश जाने तार्तम्य मिलाएर विद्यालयलाई धोका दिने तर महिलालाई नियुक्ति गरे स्थायीत्व दिने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले पनि अध्यापनको क्षेत्रमा महिलाहरुको आकर्षण बढ्दै गएको बताएको छ । उसको आधिकारीक तथ्याङ्क अनुसार जिल्लामा कुल १४४३ दरबन्दी र ६१५ राहत कोटा मध्ये ३८६ दरबन्दीमा २८५ जना राहत शिक्षक गरी ६७१ जना महिला रहेका छन् । जसमध्ये ३५ जना महिला र २८ जना राहतमा रहेर ६३ जना महिला प्रधानाध्यापकको भुमिकामा रहेका छन् ।
यति ठुलो संख्यामा महिलाहरुको सहभागिता रहेपनि जम्मा १९८ स्थायी र अन्य सबै अस्थायी रहेको निमित्त जिल्ला शिक्षा अधिकारी एवं सुचना अधिकृत हरिलाल अर्यालले बताए । राहत र दरबन्दीको तुलनामा निजी स्रोतमा महिला शिक्षकको संख्या त्यसको दोब्बर भएको उनले जानकारी गराए । बालबिकाश तर्फ ४५७ कोटा मध्ये ९८ प्रतिशत महिला सहयोगी कार्यकर्ता रहेको उनले जनाएका छन् ।
सामुदायिक र संस्थागत बिद्यालयहरुमा महिलाहरुको आकर्षण बढ्दो रहेको र विद्यालयहरुले पनि महिलालाई बढी प्राथमिकता दिने गरेको उनको भनाइ छ ।‘ आधा आधाको कुरा गर्ने हो भने पुराना शिक्षकका कारण महिलाको संख्या कम हो’ उनले भने–‘ नव सेवा प्रवेशीहरुको कुरा गर्ने हो भने विद्यालयहरुमा महिलाको संख्या दोब्बर जस्तै बढेको छ । ’महिलाहरु शिक्षकमात्र छैनन्, विद्यालयको नेतृत्व तहमा समेत रहेका छन् ।
कतै व्यवस्थापन समितिको अध्यक्ष त कतै प्राचार्य, प्रधानाध्यापकको जिम्मेवारी पुरुषहरु भन्दा के कमको प्रतिस्पर्धामा निभाइ रहेका छन् । जिल्लाका अधिकांश विद्यालयहरुमा २÷४ जना बुढापाका शिक्षक र नव पिढीका शिक्षिकाहरुको संख्या बढी देख्न सकिन्छ । सदरमुकाम तम्घासमा मात्र बिभिन्न विद्यालयहरुमा गरि झण्डै दुई सय जना भन्दा बढि महिलाहरु रोजगारीमा रहेका छन् ।
गाउंमै पनि एउटा गा.वि.स.मा कम्तीमा पनि २० देखि ३० जनासम्म महिलाहरुले विद्यालयहरुमा रोजगारी पाएका छन् । जिल्लाको बलिथुम, पराल्मी, जुभुङ, गौंडाकोट, सिमीचौर, अर्खले र तम्घासमा बढी महिलाहरु नै शिक्षण पेशामा संलग्न छन् । सदरमुकाम संग जोडिएको गा.वि.स.हरु भएको हुंदा श्रीमान अन्य पेशामा संगै बस्ने व्यवस्थाका लागी पनि यी गा.वि.स.हरुमा शिक्षीकाको संख्या बढेको हो विशेष गरि तम्घास, अर्खले र सिमीचौरका विद्यालयहरुमा महिलालाई राख्ने कुरामा पहुंच लगाउने काम समेत हुंदै आएको छ । ग्रामीण क्षेत्रका महिलाहरु भने एक गा.वि.स. देखि अर्को गा.वि.स.मा समेत पुगेर पढाउने गरेका छन् । गाउंमा शिक्षित युवाहरु कि शहर कि विदेश ताक्ने हुंदा शिक्षक उमेदवारका लागी महिला–महिला बिचमै प्रतिस्पर्धा चल्ने गरेको छ । निजी स्रोतमा बढी मात्रामा व्यवस्थापन समितिको अध्यक्ष वा शिक्षकहरुका आफन्तजन पर्ने गरेको पाईन्छ । केही गा.वि.स.का विद्यालयहरुमा पुरै महिलाहरुले नै विद्यालय थेगेका छन् ।
क्षेत्र नम्वर १ को विकट गाविस फोक्सीङ्ग ६ स्थित जन कल्याण उच्च माध्याकि विद्यालयमा व्यवस्थापन समितिको अध्यक्ष र प्राचार्य दुवै महिला रहेका छन् । सो विद्यालयमा प्राचार्य मिना राना रहेकी छन् भने ब्यवस्थापन समितिकी अध्यक्ष देवि पुन छन् । अध्यक्ष स्वयम पनि अर्को विद्यालय मितुङ्ग मंगल स्थान निमावि फोक्सीङ्ग २ कि शिक्षिका हुन् ।
निजी श्रोतबाट अध्यापन पेशा सुरु गरेका उनिहरु आजको स्थानमा आई पुगौंला भन्ने नसोचेका बताउँछन् । के गर्ने हाम्रो जस्तो विकट गाउँ ठाउँ जति बेला महिलाहरुलाई चुलो चौकसमा सिमित राखिन्थ्यो त्यसैले आजको जिम्मेवारी पाईएला भन्ने सोचे कै थिईन ’ पाचार्य रानाले भनिन्–‘ जिम्मेवारी दिए पुरुषले जति कै निभाउन सकिने रहेछ । दुई वर्ष अघि देखि दुवै महिलाले अध्यक्ष र प्रार्चाय हुने अवसर पाएका उनिहरुले पुरुषहरुको तुलनामा विद्यालयको शैक्षिक गुण स्तर र भौतिक विकासमा उल्लेख्य काम गर्न सकेको दावी गर्दछन् ।
उता २०५३ साल देखि प्रधानध्यापक चलाएकी आलम देउराली प्राथमिक विद्यालय दर्लामचौर ४ रामकोटकी शिक्षिका डालिमा कुँवर विद्यालयको काममा तम्घासतिर जाँदा बाहिरी मान्छेहरुले सुरुमा अनेक सोचे पनि अहिले त्यस्तो संक्रिणता नरेको बताउँ छिन् । राहतमा कुस्मा कुँवर, अन्यमा गिता पाण्डे, गिता घिमिरे , खुमबहादुर खत्री र दरबन्दीमा आफु रहेको उनले जानकारी गराईन ।
एक जना पुरुष शिक्षक र अरु चारै जना शिक्षिका रहेकोले काम गर्न सहज भएको उनको भनाई छ । शिद्ध प्राथामिक विद्यालय नेटा ४ आरुचौरमा पुरै महिला शिक्षक रहेका छन् । ६० जना विद्यार्थी रहेको सो विद्यालयमा प्रधानध्यापक देखि परिचर सहित छ जना महिलाहरु रहेका छन् । यही गतिमा विद्यालयहरुमा महिलाको आकर्षण बढ्दै गए अबको दश वर्षमा पुरुषको दोब्बर महिलाहरुको संख्या हुने जिल्ला शिक्षा कार्यालयको आंकलन छ । पुरुषहरुको वैदेशिक रोजगार वा सेना, प्रहरी र अन्य कर्मचारीको रोजगार र महिलाहरुले गाउंमा गृहिणीका अलावा विद्यालयको रोजगार पाउनुले आयस्रोत पनि ह्वात्तै बढ्ने भएकोले राज्य पक्षबाट पनि शैक्षिक क्षेत्रमा महिलाहरुको सहभागीता लाई प्राथमिकमा राख्नुपर्ने निति बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

0 $type={blogger}:
Post a Comment