Friday, December 27, 2013

समाचार प्रभावः श्यामको जिवन रक्षार्थ डेढ लाख सहयोग

प्रेम सुनार गुल्मी १२ पुस ।
गुल्मी दिगाम सेरोफेरो (गुल्मी) बाट   हस्तीचौरका एक युवाको जिवन रक्षार्थ छोरालाई अप्रेशनका लागि ढाई लाख माग, बाबु रुँदै घर शिर्षकको समाचार प्रकाशित भएपछि विदेशमा बस्ने नेपालीहरुले सुक्रबार साँझ सम्म डेढ लाख रकम संकलन गरी सकेका छन् भने उनको उपचार खर्च पुग्ने गरी थप रकम संकलन भई रहेको छ ।
हस्तीचौर १ जुकेपानी निवासी १८ वार्षिय श्याम घर्तिको मुटुले काम नगरेर रकम अभावमा मृत्यु स्वीकार्न विवस उनको उपचारका लागि गुल्मी सेवा समाज युईएले गुल्मी वैलफेयर फेशुबुक पेज मार्फत सहयोग संकलन गरेको हो । सो पेजका सञ्चालक दुबईमा  गुल्मी ईस्मारजस्थल ९ निवासी मानबहादुर कुँवरले साँझ सम्म एक लाख रुपैयाँ संकलन भएको र एक हप्ता भित्रमा उनको उपचार खर्च पुग्ने गरी रकम संकलन हुने विश्वास लिएको बताए ।
गुल्मी सेवा समाज युईएका अध्यक्ष एवं गुल्मी हुँगा निवासी लक्ष्मण भण्डारीको अगुवाईमा भएको रकम संकलनका क्रममा शारजाह  कम्पनी  हरुले  गरेको कुँवरले जानकारी गराए । गुल्मी टुडे डटकम अनलाईनका सञ्चालक समेत रहेका कुँरले साँझ सम्म ४० जनाले सो रकम दिएको जानकारी दिए ।
त्यस्तै दोहा कतार मैं कार्यरत खोटाङ्ग गुईपा गाविस वडा नम्वर ८ राम्चे निवासी अमर राई लगायतका खोटाङ्गवासीबाट कतारमा रहेका नेपालीहरुसंग श्यामको जिवन रक्षाका लागि सहयोग संकलन कार्य तिब्र पारिएको राईले जानकारी दिए । उनको नेतृत्वमा संकलित रकम र अन्य क्षेत्रबाट भएको सहयोग सहित ५० हजार जोड्दा डेढ लाख संकलन भएको हो ।
‘ गुल्मी दिगाम सेरोफेरो (गुल्मी) मा समाचार पढे –‘राईले भने–‘साह्रै मन छायो र हाम्रो कम्पनीका सय जना नेपाली हुँदै अन्य कम्पनीमा समेत सहयोगका लागि सक्रिय हुन थालेका छौं ।’ उनले आफुहरुबाट मात्र एक एक रुपैयाँका दरले संकलन भए पनि श्यामको जिवन बाँच्ने बताए । गुल्मी सेवा समाज युईएका अध्यक्ष भण्डारीले त्यस समाजका सबै साथीहरुको सक्रियताले नै श्यामलाई बचाउने सकिने गरी रकम संकलन गरिएको भन्दै सबैलाई धन्यवाद दिए ।
उनिहरुले
दुबईमा संस्था र गुल्मीम पनि शंकर ज्ञवालीको अध्यक्षतामा गुल्मी सेवा समाज खोलेका छन् । यि दुई संस्थाले गुल्मी तम्घासको उपल्लो तम्घास माध्यामिक विद्यालयका श्रवण शक्ति नभएका र सुस्त मनस्थिती भएका विद्यार्थीहरुलाई गत हप्ता ६० हजार सहयोग गरेका थिए । अनलाईन सञ्चालक मानबहादुरका दुबईमा   मात्रै नभएर विभिन्न मुलुकमा रहेका नेपालीहरुले समेत फेशबुक मार्फत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
श्याम मुटुले काम नगरेपछि गंगलाल हृदय रोग उपचार केन्द्र काठमाण्डौंमा भर्न भएका छन् भने उनको अप्रेशनका लागि धरौटी राख्ने साढे दुई लाख रुपैयाँ नभएर उनका बाबु कुमार घर्ति गाउँ फर्केर चन्दा उठाउँदै हिडेका छन् । उनको सवै श्री–सम्पत्ति बेचे पनि नपुग्ने भए पछि उनले संसार भरका मानिसहरु संग छोराको जिवन रक्षाका लागि सञ्चार माध्यम मार्फत सहयोगको याचना गरेका थिए ।्
उनलाई बैंक खाता मार्फत सहयोग गर्न चाहने े महानुभावले नेपाल एसवीआई बैंक तम्घासको खाता नम्वर २०९१५२४१४०२४३९ एनपिआरमा रकम राखी दिन सक्नु हुने छ । त्यस्तै उनको बारेमा बुझ्न उनकी आमाको मोबाईल नम्वर ९८१५४१०९५२ मा सम्पर्क गर्न समेत सकिनेछ । काठमाण्डौंमा रहेका गुल्मेलीहरुले सोही अस्पतालमा गएर बुझ््न र सहयोग गर्न सक्नु हुने छ ।
यसरी पुर्वी खोटाङ्ग देखि विदेशका नेपालीहरुले श्यामको सहयोगका लाखि सक्रियता देखाए पनि विडम्वनाको कुरा गरिव असाहयहरुका लागि चुनाव ताका के के न गर्छु भन्ने स्वदेशमा रहेका दलका नेता , भर्खरै निर्वाचित सभाषदहरुलाई भने उनको जिवन दुहाईको समाचार पढ्ने फुर्सत समेत छैन् ।
                                     जिवनको दुहाई मागी रहेका उनै १८ वर्षिाय श्याम घर्ति 
तस्वीरः प्रेम सुनार - 

0 $type={blogger}: