अनिल खत्री गुल्मी मंसीर २३
जिल्ला सैनिक बोर्ड, भारतिय क्याम्प गुल्मीले सोमवार देखि १५ दिन सम्म पेनसन बितरण गर्दैछ । गुल्मी ,अर्घाखाँची, बाग्लुङ्ग, प्युठान र पर्वत जिल्लाका करिव ८ हजार ५ सय पुर्व भारतिय सैनिकहरुले पेनसन बुझुने बोर्डका सचिव सन्त बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पेनसन भोलि देखि १५ दिन अर्थात मंसिर २४ गते देखि ७ सम्म बिहान ७ बजे देखि साँझ ५ बजे सम्म पेनसन बितरण गरिनेछ । भारतिय राजदुतवासले हरेक बर्षको २ पटक ६÷६ महिनामा पेनसन क्याम्प संचालन गर्ने गरेको छ ।
पेनसन बितरण गर्ने सिजनको पुर्व सन्ध्यामा आज सदरमुकाम तम्घासमा चहलपहल बढेको छ । टाढा टाढाका पेनसनरहरु तम्घास आउने भएकोले चलपहल बढेको हो । पेनसनरहरुले पेनसन बुझे संगै किनमेल गर्ने भएकाले क्याम्प नजिकैको बाख्रेछेडा सडक खण्डमा ब्यापारीहरुको पनि बाक्लो उपस्थिति रहेको छ । यो समयमा बिशेष गरि आर्थिक कारोबार हुने गरेको छ । पेनसन क्याम्पकै कारणले गर्दा सदाको शनिबार बन्द रहने तम्घास बजारका पसलहरु पनि केहि समय अगाडि देखिनै खुल्ला रहेका छन ।

0 $type={blogger}:
Post a Comment