Saturday, December 7, 2013

दलित एकता संजाल नेपाल,कुवेत एनसिसि को प्रथम अधिबेसन समपन्न !

दलित एकता संजाल कुवेत नेपालको प्रथम ऐतिहासिक अधिवेशन हिजो अर्थात ६ डिसेम्बरका दिन कुवेत स्थित होटल कार्लटुनमा सम्पन्न भयो । अधिवेसनले आश बहादुर नेपालीको नेतृत्वमा सर्वसम्मत रुपले ५१ सदस्यी कार्यसमिती र छ सदस्यीय सल्लाहकार समितीको निर्माण गरेको छ । नेपाली दुतावास कुवेतका राजदुत मधुवन पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा संञ्जालमा आबद्ध दलितहरु, कुटनितिक नियोगका पादाधिकारीहरु, विभिन्न सँघ सँस्थाका प्रतिनिधीहरु,पत्रकार र कलाकारहरु समेत गरी ठुलै सहभागिता रहेको थियो । उदघाटन मन्तव्य मार्फत अधिवेशन सफलताको शुभकामना दिदै नेपाली दुतावासका राजदुत मधुवन पौडेलले दलितहरुको समेत सँस्था कुवेतमा गठन भएकोमा खुशी लागेको बताउनु भयो उहाँले सो अवसरमा आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बचन समेत दिनु भयो । यसरी बधाई तथा शुभकामना मन्तव्य राख्ने क्रममा दुतवासका प्रथम सचिव विशाल भट्टराई तथा दितिय सचिब अम्बिका जोशीले दलितहरुलाई पहिचान साथ अगाडी बढन सुझाव दिनु भयो । उहाँहरुले सो अवसरमा विश्वले नै आदर गरेका रंगभेद विरोधी आन्दोलनका नेता नेश्लसन मण्डेलाको विषयमा चर्चा गर्दै उहाँप्रति श्रद्धान्जली व्यक्त गर्नु भएको थियो । भटराईले दलितहरु नेपालको राष्ट्रिय एकताको प्रतिक हुनु पर्ने चर्चालाई सहभागीहरु बीच प्रस्तुत गर्नु भएको थियो भने जोशीले घृणलाई सदभावले जित्ने मण्डेलाको उदाहरण प्रस्तुत गर्नु भएको थियो । श्रम सहचारी श्रृजना तिवारीले भने आफ्नै फेसबुक वालमा उहाँद्धारा नै लेखिएको भेदभाव विरोधी मिठो कविता प्रस्तुत गर्दै नयाँ बन्ने कार्यसमितीलाई शुभकामना दिनु भयो । यसरी नै अधिवेशनको सफलताको शुभकामना दिनेहरुमा एनआरएनए कुवेतका अध्यक्ष धर्मराज गिरी, कोसेली न्युजका प्रधान सम्पादक तोयानाथ दाहाल, माउन्ट एभरेष्ट क्लबका अध्यक्ष जय आले , जनप्रगतिशील मन्चका ठाकुर प्रसाद पौडेल, बुद्धिजीवी किरण पौडेल, युएई एक्सचेन्जका प्रतिनिधी राम बस्नेत, भुजेल समाजका अध्यक्ष देव भूलेल, झापाली समाजका सल्लाहकार कुमार झापाली, हिन्दु जागरण समाज कुवेतका अध्यक्ष हेमराज बडु लगायत थिए । आगामी कार्यकालका लागि आश बहादुर नेपालीको अध्यक्षतामा निर्माण भएको नयाँ कार्यसमितीको नामावाली अनुमोदनका लागि निर्वाचन मण्डलले हल समक्ष प्रस्तुत गर्दा एकमतले सवैले सहमतीको ताली बजाए । जसअनुसार सञ्जालका बरिष्ट सल्लाहकारहरुमा विष्णु परियार, हितकाजी बिक, सन्तोष नेपाली, सन्तोस सुनार, अनिल विश्वकर्मा र कृष्ण विक रहेका छन । यसरी नै कार्यसमितीको प्रथम उपाध्यक्ष शिब विश्वकर्मा, दितिय उपाध्यक्ष सुश्री भूमिा विश्वकर्मा, महासचिव जीवन सुनार, सचिब प्रदिप परियार कोषाध्यक्ष कष्ण सुनार सहकोषाध्यक्ष कुमार नेपाली रहेका छन यसरी नै सदस्यहरुमा लक्ष्मी परियार, रण बहादुर विश्वकर्मा, धन बहादुर सार्की, हरी परियार, गम बहादुर सुनार, दुर्गालाल विश्वकर्मा, रमेश नेपाली , पदम विश्वकर्मा, सन्तोस मोति परियार, छबीराम सुनार, गुप्त नेपाली, खगिसरा विश्वकर्मा, डम्बर नेपाली, दिपक विक, अन्जान विश्वकर्मा, सरस्वती विश्वकर्मा, मस्तराम विश्वकर्मा, दिल कुमारी विश्वकर्मा, कल्पना विरही विश्वकर्मा, रण बहादुर विश्वकर्मा, ओम प्रकाश विक, राजेन्द्र नेपाली, नर बहादुर परियार, अर्जुन नेपाली, दिल विश्वकर्मा, बिजय कुमार नेपाली, विमला नेपाली, अर्जुन विश्वकर्मा, सरोज नेपाली, रमेश विश्वकर्मा, सूर्य बहादुर नेपाली, गोपी नेपाली, जमुना विश्वकर्मा, कमला विश्वकर्मा अनुप विश्वकर्मा, राजु विश्वकर्मा, अमित कुमार विक, सुरज नेपाली, दिल विश्वकर्मा, शान्ति विश्वकर्मा, खेमा विश्वकर्मा, कृष्ण सुनार, जीत बहादुर नेपाली, चन्द्र बहादुर विश्वकर्मा र राजु नेपाली रहेका छन । जीवन कुमार सुनार ले संन्चाल गरेको कार्यक्रममा भूमा रसाईलीले स्वागत गरेकी थिईन । कार्यक्रमको उद्देश्य माथि सन्जालका विभिन्न बत्ताहरुले प्रकाश पारेका थिए । मध्यन्ह बाह् बजे बाट संञ्चालन भएको कार्यक्रम ४ बजे सम्म चलेको थियो । कार्यक्रमको विचविचमा दलित संञ्जालका कलाकारहरुले गित संगित प्रस्तुत गरेका थिए । आश बहादुर नेपालीको अध्यक्षतामा सम्पन उक्त अधिवेशन आगामी १३ डिसेम्बरका लागि भनि प्रचार प्रसार गरिएको भए पनि एमविबमजम फूटबल टुर्नामेन्टका कारण सात दिन अघि सारिएको कारण पनि सन्जालमा आबद्ध तथा शुभेच्छुकहरु झुक्किएको प्रतिक्रिया कतिपयले गरे । तर पनि भद्र र भव्य एवं सभ्य उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 $type={blogger}: