Tuesday, December 24, 2013

बढि संख्यामा राहदानी आएपछि प्रशासनमा भिड

प्रेम सुनार गुल्मी ९, पुस ।
दशैं तिहार मान्न घर आएका गुल्मेलीहरुले पेश गरेको राहदानी यति बेला केन्द्रबाट बनेर आएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा भिड बढेको छ ।
तिन महिना भित्रमा बनेर आउने राहदानी यस पालि अन्य महिनाहरुमा भन्दा बढि मात्रमा आएकोले भिड बढेको सो कार्यालयका  राहदानी फाँट प्रमुख भुवन बस्नेतले बताए । ‘गत श्रावणदेखि बनेर आउने राहदानी मध्ये यस पाली बनेर आएका रहादनीको संख्या बढि छ ’–उनले भने– ८ सय ८५‘ थान बनेर आएकोले वितराण गर्न ब्यस्त छौं । ’
उनकाले दिएको विवरण अनुसार यस चालु वर्षको पहिलो महिना श्रावणमा ६ सय ९८ जनाले साधरण राहदानीको निवेदन पेश गरेकोमा जम्मा ३ सय २३ जनालाई वितरण गरिएको थियो । त्यस्तै सो महिनामा द्रुत  सेवा मार्फत  २ सय ९४ जनाले प्राप्त गरेका थिए । भाद्र महिनामा ४ सय ३ जनाले साधरण राहदानी निवेदन पेश गरेकोमा २ सय २३ जनालाई वितरण गरिएको थियो भने द्रुत सेवा मार्फत  २ सय २८ जनाले राहदानी लिएका थिए ।
तस्वीरः प्रशासन कर्यालय राहदानी फाँटमा वितरणमा व्यस्त बस्नेत 

आश्विनमा ४ सय ४५ जनाले पेश गरेकोमा ४ सय ३२ जनालाई वितराण गरिएको र १ सय ९५ जनाले द्रुत सेवा मार्फत राहदानी लिएका थिए । कार्तिकमा ६ सय ९९ जनाले पेश गरेकोमा थिए । मंसिरमा ६ सय ४० जनाले पेश गरेका थिए ।  यि दुई महिना भरको राहदानी सिफारिस गरी ९ सय २ थान पठाईएकोमा  ८ सय ८५ थान बनेर आएको र १७ वटा रद्ध भएको बस्नेतले जानकारी दिए ।  जिल्ला प्रशासनका अनुसार गत पाँच महिनाको अन्तरालमा द्रुत सेवा मार्फत १२ सय ९६ जना र साधरण सेवा मार्फत १९ सय ६३ सहित कुल ३ हजार २ सय ९५ जना गुल्मेलीहरुले राहदानी प्राप्त गरेका छन्  । गत वर्षको त्यस पाँच महिनाको तुलनामा यो संख्या बढ्दो भएको बस्नेतको भनाई छ ।
तस्वीरः प्रशासन कर्यालय बाहिर सवा लिन आतुर सेवाग्राहीहरु

0 $type={blogger}: