रामेछापमा आज बिहान भएको यात्रुबहाक बस दुर्घटना ७ जनाको मृत्यु भएको छ भने २ दर्जनभन्दा बढी घाइते भएका छन् । रामपुर गाउ विकास समितिबाट भलुव तर्फ यात्रु बोकेर आउदै गरेको बा २ ख ३१६६ नम्बरको बस तीब्र गतिका कारण अनियन्त्रित भइ सडबाट करिब ७५ मिटर तल खसेको हो ।
दुर्घटनामा रामपुर ३ का ८५ बर्षिय सन्तोष श्रेष्ठ, रामपुर ५ का ५० बर्षिया कमला तमाङ, रामपुर २ का ५५ बर्षिय निर तमाङ, रामपुर २ का ५५ बर्षिय डोडराज तमाङ, रामपुर १ का ६० बर्षिय महावीर माझी र चिसापानी १ की २० बर्षिया जानुका श्रेष्ठको मृत्यु भएको छ । एकजना पुरुषको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परी गम्भिर घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । गम्भिर घाइते हुनेहरुमा सुकाजोर ५ की दिल कुमारी तमाङ, रामपुर ६ की कविता श्रेष्ठ, रामपुर २ की पहेली माझी, गोठगाउ १ का चन्द्र बहालदुर नेवार, रामपुर ६ की कमला तमाङ र रामपुर ६ का शुक्र बहादुर तमाङ रहेका छन ।
अन्य घाइतेहरुको जिल्ला अस्पताल रामेछापका उपचार भइरहेको छ । यसैबीच सोमबार नै जिल्लाको भलुवाजोर गाउ विकास समिति ६ मा बसले किच्दा दुइ किशोरको मृत्यू भएको छ । बा२ ख ३२६५ नं को बसले किच्दा मन्थली ७ का उपे्रन्द कार्कीको मुत्यु भएको छ भने अर्का एक युवकको नाम खुलेको छैन । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अप्रिल अधिकारी

0 $type={blogger}:
Post a Comment