Sunday, December 1, 2013

आज वाला चतुर्दशी, शन्तिपुरको चक्रेश्वर मन्दिरमा शतविज छरिदै

बिशाल पौडेल शान्तिपुर, मंसिर १७ ।
आज वाला चतुदर्शी, दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले काठमण्डौ को पशुपतिनाथ मन्दिर, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर र देशभरका शिवमन्दिरमा गई शतबिज छरिदैछ। आजका दिन पशुपतिको कैलाश डाँडा, श्लेषमान्तक वनमा गई आफ्ना मृतक आमाबाबुको नाममा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधान्ययुक्त शतबिज छर्ने चलन छ । परम्परा अनुसार भक्तजनले शतबिज छर्नका लागि शनिबार नै रातभर महादीप बाली भजन कीर्तन गरेर जाग्राम बस्दछन् र आईतवार बिहान अर्थात वाला चर्तुदशीका दिन सबेरै स्नान गरी शतबिज छर्ने गर्छन् । यसरी सतबिज छर्दा पितृहरुले सद्गति प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।

                                   गत बर्षको बाला चतुर्दशीको अबसरमा सिँगारिएको चक्रेश्वर मन्दिरको 
                                                                          फाईल तस्बिर ।  गुल्मी न्यूज बाट 

0 $type={blogger}: