मंसिर-४, काठमाडौं ।
मंगलबार सम्पन्न संविधानसभा निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको आयोगका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रतीले बिशेष पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा मतपेटीका आइपुगेपछि मतगणना कार्य अघि बढ्ने जानकारी गराइएको छ । मतपेटिका आज आइपुग्ने कतिपय क्षेत्रको मतगणना भने आजै राती सुरु हुनेछ । काठमाडौँका १० निर्वाचन क्षेत्रमा भने आज अबेरसम्ममा मतपेटिका संकलन गरि भोली बिहान ८ बजेदेखि मत गणना सुरु हुनेछ ।
यस्तै चितवन, रुपन्देही, गोरखा, बाँके, मोरङ, झापालगायतका मुख्य दलका उम्मेदवारहरुले उम्मेदवारी दिएका जिल्लाहरुको मत पेटिका संकलन लगत्तै गणना हुने जनाइएको छ । निर्वाचनको सम्पूर्ण परिणाम आउन कम्तीमा २ देखि ३ दिनसम्म लाग्नेछ ।
निर्वाचन आयोगको प्रारम्भिक विवरण अनुसार कुल मतदाताको ६५ देखि ७० प्रतिशत मत खसेको जनाइएको छ ।

0 $type={blogger}:
Post a Comment