३ मंसिर, काठमाडौं ।
पहिलो संविधानसभा विघटन भएको डेढ वर्षपछि मंगलबार बिहान ७ बजेबाट मुलुकमा दोस्रो संविधानसभाका लागि मतदान हुने भएको छ । सरकार र निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । चुनावका लागि गठित सरकारका मन्त्रीहरुले आफ्नो काम फत्ते गर्न सफल भएको भन्दै सोमबार साँझ बालुवाटारमा खुशीयाली मनाएका छन् ।
चुनावका दिन यातायात बन्द, मोवाइल फोन बोक्न नपाइने
मतदान गर्न जाँदा निर्वाचनमा मतदाताहरुको मतदानको गोपनीयता र सुरक्षाको प्रयोजनको लागि कसैले पनि मतदान गर्ने स्थलमा क्यामेरा, मोबाइल लगायतका कुनै पनि विद्युतीय उपकरणहरु साथमा लैजान नपाउने निर्वाचन आयोगले आदेश जारी गरेको छ ।
चुनावका दिन मतदाताहरुलाई पनि गाडीमा ओसार पसार गर्न पाइँदैन । जिल्ला प्रशासनले अनुमति दिएका बाहेक अन्य यातायातका साधन चलाउन नपाइने भएकाले मतदाताहरु पैदलै हिँडेर नजिकैको मतदान केन्द्रसम्म पुग्ने र र्फकनुपर्ने हुन्छ । देशभरि मतदानका लागि १० हजार १३ वटा मतदान केन्द्रहरु खडा गरिएका छन् ।
मतदान गर्ने दिन बिहान ५ बजेदेखि राति १२ बजेसम्म हवाई सेवा र निर्वाचन आयोग वा जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि किसिमका सवारी साधन चलाउन नपाइने आयोगले आदेश दिएको छ । आयोगले मंगलबार बिहान ५ बजेबाट यातायातमा बन्देज लगाए पनि बिराटनगरमा भने सोमबार बेलुका ८ बजेदखि नै यातायातमाथि प्रतिबन्ध लगाइएको छ । चितवनमा पनि सोमबार बेलुकैदेखि जिल्ला प्रशासनले यातायातमा बञ्देज लगाएको छ । सुरक्षाको दृष्टिले सीमाक्षेत्रमा आवत-जावत गर्न नपाइने गरी सीमानाहरु सील गरिएको छ । स्थानीय प्रशासनले सवारीसाधन गुडाउन रोक लगाएपछि राजमार्ग पनि सुनसान बनेका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार विहान ७ बजेबाट बेलुका ५ बजेसम्म मतदान प्रकृया शुरु हुनेछ ।
मन्त्रिमण्डलमा खुशियाली
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकारका सम्पूर्ण मन्त्रीहरुसँग सोमबार साँझ बालुवाटारमा सामूहिक बैठक आयोजना गरी निर्वाचनको अन्तिम तयारीबारे समीक्षा गर्नुभयो । अध्यक्ष रेग्मी, सम्पूर्ण मन्त्रीहरु तथा मुख्य सचिवसँगको सामूहिक बैठकमा निर्वाचन प्रक्रियालाई सफल बनाउँदै मतदान कार्यक्रमसम्म आइपुग्न सरकार सफल भएकोमा सन्तोष व्यक्त गरिएको अध्यक्षको निजी सचिवालयले जनाएको छ ।
बैठकमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान कार्यक्रम सम्पन्न गराउन सरकारका सबै निकायहरुलाई प्रभावकारी व्यवस्थापनका र अनुगमन गर्नर् रेग्मीले मन्त्री तथा मुख्य सचिवलाई निर्देशन दिनुभएको छ ।
बालुवाटारमा सुरक्षासम्बन्धी समीक्षा
मन्त्रिपरिषद अध्यक्ष रेग्मीले सोमबार विहान बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त राख्न एवं दिन रात नभनी तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।
रेग्मी सरकारको सफलता
निर्वाचन गर्ने प्रयोजनका लागि गत चैत्रमा गठनभएको कर्मचारीहरुको सरकारले अन्ततः मुलुकलाई दोस्रो संविधानसभाको सँघारमा पुर्याएको छ । मोहन वैद्यलगायतका ३३ दल चुनाव बहिस्कारको अभियानमा लागेकै अवस्थामा पनि मुलुक निर्वाचनतर्फ होमिएको छ । यसले गर्दा मतदान कार्यलाई शान्तिपूर्णरुपमा सफल बनाउन निकै ठूलो चुनौती खडा भैरहेको छ । यद्यपि केही छिटफुट घटनाबाहेक समग्रमा चुनाव सफल हुने विश्वासमा सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरु दृढ देखिन्छन् । त
थापि चुनावको पूर्वसन्ध्यामा मतदातालाई भयभित बनाउन वैद्य मोआवादीले देशव्यापीरुपमा बम राख्ने र आतंकित पार्ने कामलाई पनि सोमबार बेलुकादेखि केही तिब्रता दिएको देखिएको छ ।

0 $type={blogger}:
Post a Comment