प्रेम सुनार, गुल्मी मंसिर ११ ।
गुल्मीको छापाहिलमा रहेको सम्भवत देश मै अनौठो पानीको मुलमा उत्पादन गरिएको लघु जल विद्युत संरक्षणको अभावमा जिर्ण बनेको छ । छापाहिले गाविसको वडा नम्वर ५, ६ र ७ को विचमा रहेको चैते मुलमा उत्पादन गरिएको लघु जल विद्युत जिर्ण भएको हो । पानीको मुल कहिले पलाउँछ ? यो प्रश्नमा जसले पनि भन्छ वर्खामा । तर प्रकृतिले त्यहाँ ठिक उल्टो वनाई दिएको छ, वर्खामा सुक्छ हिउँदमा पलाउँछ । यस्तो अनौठौ पानीको मुलको नाम नै स्थानियवासीले चैते मुल राखेका छन् । जहाँ २० ६४ सालमा स्थानिय फाईटर घर्ति मगरले आफ्नो निजी प्रयोजनका लागि उत्पादन गरेको लघु जल विद्युत पछि गएर वडा नम्वर ६ र ७ का ४०÷४० घरधुरीले प्रतिघर धुरी २० वडाका दरले प्रयोग गर्ने गरी आफैले रकम उठाएर थप विद्युत उत्पादन गरेका थिए । उनिहरुले रेडा पाल्पाको प्राविधिक सहयोगमा जिल्ला विकास समिति मार्फत सञ्चालन हुने एलजिसीडीपी कार्यक्रमबाट ३ लाख र बाँकी आफै रकम उठाएर २ किलो वाड विद्युत उत्पादन गरेका हुन् । वडा नम्वर ५ का वासीन्दा श्यामलाल गिरी भन्छन् –‘स्थानिय स्तरबाट पावर हाउसको मर्मत सम्भार गर्न सक्ने अवस्था नभएपछि अहिले सम्म प्र योग गरिएको विद्युत अव सकिन्न की भन्ने चिन्तामा छौं । ’ त्यस योजनाका अध्यक्ष भिम कार्कीले पनि पावर हाउस ढल्नै लागे को र अन्य सामाग्रीहरु पनि वदल्न नसकीए त्यति कै अलपत्र हुने बताए । अर्का भिमबहादुर कार्कीले डेढ करोड सम्म सरकारले लगानी गरी दिन सके वडा नम्वर ५, ६ र ७ का डेढ सय घर धुरीले ढुक्क संग विद्युत उपभोग गर्न सक्ने भएकोले सरकारको ध्यानकृष्ट गराई दिन आग्राह गरे । उनले भने–‘पानी प्रशस्तै छ तर के गर्ने हामीसंग पैसो छैन , यदि सरकारले डेढ करोड सम्म लगानी गर्दिन सके १० किलो वाड विद्युत सजिलै निस्कन्छ, डेढ सय घर धुरी ढुक्क हुने थियौं । साठीको नेटो काटेका उनले त्यस मुल वर्खामा सुक्ने र हिउँदमा पलाउने गरेपछि पिता पुर्खाहरुको पाला देखि नै त्यसलाई चैते मुल नामकरण गरेको बताए ।‘ यो त पत्याउनै नसक्ने अनौठो हो , अन्यत्र वर्खामा मुल पलाउँ छ यहाँ सुक्छ ’उनले भने – ‘अन्यत्र सुक्दा यहाँ चैत्रको खडेरीमा भलभली मुल फुट्न थाल्छ । ’ अझ अर्को अनौठो घनाघोर जंगलका विचमा खोला छ जहाँ भदौ रे भेल बाहेक सुक्का छ तर त्यस माथीको चौरमा त्यो चैते मुल बगेको बगै छ । त्यसको अलिपर वडा नम्वर ८ मा पनि त्यस्तै अर्को चैते मुल छ । त्यहाँ पनि १ वाडको लघु जल विद्युत उत्पादन गरेर २५ घर धुरीले उपभोग गर्दै आएका छन् । ०६५ सालमा रेडा पाल्पाको प्रविधिक सहयोगमा स्थानियवासीको ५ लाख रकममा उत्पादन गरेका थिए । यो हिउँदमा अन्यत्रका बर्खे खोला झै उर्लिएको पानीको मुहान देखाउँदै स्थानिय पाका ब्याक्ति गम्भीरबहादु बिश्वकर्माले भने –‘ ल हेर्नुस्, अरु पानी त्यति कै खेर गएको छ हामीसंग पैसा नहुँदा । उनले लगानी गरी दिने संस्थाहरु भई दिए कम्तीमा २ वाड विद्युत उत्पादन गरी त्यस गाउँले ढुक्क संग वत्ति वाल्न सक्ने बताए । भने–‘ यस पाली नेता गोकर्ण विष्टले चुनाव जित्नु भएको छ , उहाँले केहि गर्नु हुन्छ कि भन्ने आशा छ । ’ स्थानि केहि सम्पन्नहरुले ३५ हजार प्रति ब्याक्ति रकम उठाएर उत्पादन गरेको विद्युत मासिक एक सय तिरेर ढुक्कसंग वाल्न पाएको अर्का स्थानियवासी कृष्ण वि.सीले बताए । स्कुलमा पढ्ने विद्यार्थी लालबहादुर विश्वकर्मा भन्छन्–‘ हामीले त टुकी बत्तिको सट्टा विद्युत बालेर बढ्न पाएका छौ तर सरकारले सहयोग गरी दिए यहाँका गरिव परि वारले पनि यसरी बत्ति बाल्न पाउने थिए ।’ त्यस चैते मुल उत्पादनका दृष्टीले मात्र नभई अनौटो प्राकृतिक सम्पदाका रुपमा समेत राज्यले ध्यान पुराउनु पने र स्थानियवासीको माग रहेको छ ।
0 $type={blogger}:
Post a Comment