Sunday, November 17, 2013

गुल्मीमा ४३ मतदान केन्द्र संवेदनशील

गुल्मी, मंसिर २
गुल्मीका ४३ वटा मतदान केन्द्रलाई सुरक्षा निकायले संवेदनशील केन्द्र मानेको छ ।
तीनवटा निर्वाचन क्षेत्र रहेको गल्मीको क्षेत्र नम्बर ३ अन्तर्गतका केही मतदान केन्द्रहरु सुरक्षाको हिसाबले संवेदनशील रहेका जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले जानकारी दिनुभयो ।
संवेदनशील मानिएको क्षेत्रमा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ । निर्वाचनमा सुरक्षा संयन्त्रलाई निकै चुस्त पारिएको सुरक्षा समितिले दावी गरेको छ । नेपाली सेनाले गाउँगाउँमा गस्ती गरिरहेको तथा प्रहरी र म्यादी प्रहरीहरुलाई मतदान स्थल वरिपरि सर्तकताका साथ खटाइएको सुरक्षा समितिको भनाई छ ।
मतदाता संख्या र संवेदनशीलता हेरेर सुरक्षाकर्मी परिचालन भएका छन् । गुल्मीमा सबैभन्दा वढी मतदाता सदरमुकामको तम्घास गाविसमा छन् भने सबैभन्दा कम जुनिया गाविसमा छन् । तम्घास गाविसमा यसपटक ४८ सय ८५ र जुनिया गाविसमा ७ सय २२ जना मात्र मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा १ सय २९ मतदान स्थलका २ सय ३१ केन्द्रहरुमध्ये भार्से गाविस अन्र्तगत भार्से ईश्वरी प्रावि मतदान केन्द्रमा सबैभन्दा कम मतदाता छन् । त्यहाँ दुई वडाका गरी २ सय २२ जना मतदाता छन् ।उज्यालो 

1 $type={blogger}:

उज्यालो बाट