Friday, August 2, 2013

डिएसपी वैदवारले ल्याएको टोल सुधार खोई त ?

गुल्मी साउन १८ - 
जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रमुख छँदा डिएसपी राजकुमार वैदवारले ल्याएको नागरिक सहकार्य अवधारण अन्तर्गत टोल सुधार समिति अहिले कहाँ हरायो भनेर यहाँका पत्रकारहरुले प्रश्न गरेका छन् । हालै जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हालेका डिएसपी राजकुमार लम्सालसंग पत्रकारहरुले यस्तो प्रश्न गरेका हुन् । समाजमा रहेको जाँड रक्सी, विकृति विसंगती , हो हल्ला झै झडगा नियन्त्रमा टोल सुधार समितिले राम्रो काम गरेको भन्दै पत्रकारहरुले उक्त टोल सुधार समितिलाई क्रियाशिल बनाउनु पर्नेमा वर्तमान प्रहरी प्रमुख लम्सालको ध्यानकृष्ट गराए । डिएसपी बैदवारको पालमा जिल्लाका विभिन्न गाविसमा गरी १६स सय ६५ वटा टोल सुधार समिति गठन गरिएको थियो । उनिहरुले समाजमा अवैध मदिरा वेचविखन गर्नेलाई स्थानिय तह मै जरीवान गर्न र नमाने कार्वाहीका लागि प्रहरीलाई सिफारिस गर्ने गरेका थिए । यसरी त्यो कार्यक्रमले समाजको विकृति विसंगती नियन्त्रणमा उल्लेखनिय प्रगती गरेको थियो । वैदवारले ल्याएको यो अवधारण पुनःसक्रिय गराउन सके प्रहरीलाई सहयोग पुग्ने देखिन्छ ।

0 $type={blogger}: