Thursday, November 14, 2013

नेकपा एमालेको ९ महिन सरकाले अगाडि सारेको काम अझै पनि लोक प्रिय छन -एमाले नेता ज्ञवाली

अनिल खत्री गुल्मी कार्तिक २८ नेकपा एमालेका केन्द्रिय प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का उमेदवार प्रदीप कुमार ज्ञवालीले मुलुकमा बिभिन्न राजनितीक पार्टीहरुले बिभिन्न समयमा सरकार चलाएको भएपनि नेकपा एमालेको ९ महिने एक पक्षिय सरकाले अगाडि सारेको आफ्नो गाउँ आफै बनाउ, बृद्धाभत्ता, बिधवा भत्ता, सुकुम्वासी समस्या समाधान जस्ता जनताका पक्षमा भएका कामहरुले नै मुलुक अहिले पनि अगाडि बढिरहेको बताउदै नेकपा एमाले जनताको लोकप्रिय पाटी भएको बताउनुभयो । चुनावी प्रचार तथा घरदैलो अभियान अन्र्तगत आज थानपति गाबिसको बिभिन्न स्थानमा गरिएको घरदैलो कार्याक्रममा यस्तो कुरा बताउनु भएको हो । पुर्व मन्त्री समेत रहेका ज्ञवालीले नेकपा एमालेको बहुमत जुटेमा मात्र सबिधान निमार्ण हुने नभएर मुलुक फेरी पनि भुमरिमा फस्ने भन्दै ज्ञवालीले जनतालाइ सुर्य चिन्ह्मा मतदान गरि नेकपा एमालेलाई बिजय गराउनु पर्ने बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं. २ गुल्मीले गरेको चुनावी प्रचार प्रसार तथा जनता संग गरिएको घरदैलो कार्यक्रम अन्र्तगत आज गुल्मीको थानपति गाबिसमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमालेका केन्दिय्र प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का संबिधान सभा उमेदवार प्रदीप कुमार ज्ञवाली, नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य एबं पुर्व सांसद कमलराज श्रेष्ठ, युवा संघ नेपाल केन्द्रि सदस्य हिमाल श्रेष्ठ,गाउकमिटी अध्यक्ष शेषनारयाण पौडेल ,कलाकार रोहित सुबेदी,सुसिल श्रेष्ठ,पवन परियार,नन्दु परियार, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । साथै यस अघि रुरु गाबिसको वाड नं.१ ,२ ,३ मा समेत कार्यक्रम सम्पन्न भएको थियो ।

0 $type={blogger}: