Thursday, November 14, 2013

राजनिती जनताको परिर्वतनका निम्ती हुनु पर्छ – एमाले नेता बिष्ट

अनिल खत्री गुल्मी कार्तिक २८ राजनिती भनेको जनताको परिर्वतनको निम्ती हुनुपर्ने नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नंं.३ का संबिधान सभा सदस्य उम्मेदवार गोकर्ण राज बिष्टले बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको चुनावी प्रचार प्रसार तथा जनताको घरदैलो अभियान को क्रममा आज गुल्मीको दोहोली गाबिसका बिभिन्न स्थानमा गरिएको कार्याक्रममा बोल्दै राजनिती भनेको सभासद बन्न मात्र नभई मुलुक परिर्वतनको निम्ती हुनु पर्ने बताउनु भएको छ । उहाँले एक युगमा एक पटक मात्र जनताले आफ्नो भाग्य कोर्ने सौभाग्य मिलेको र यो महत्वपुर्ण घडिमा आफनो पार्टीको बिजयको लागी सुर्यमा मतदान गर्न जनतालाइ आग्रह गर्नु भएको छ । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको चुनावी प्रचार तथा घरदैलो कार्यक्रम अन्र्तगत आज दोहोली गाविसको बिभिन्न स्थानमा गरिएको छुट्टा छटै् कार्याक्रमम नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नं.३ का संबिधान सभा सदस्य उमेदवार गोकर्ण राज बिष्ट,नेकपा एमाले गुल्मीका सल्लाहाकार कलानिधी भण्डारी ,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण बिष्ट,सदस्य नारायण पैयानी ,क्षेत्रिय कमिटी उपाअध्यक्ष लिल बहादुर अधिकारी सल्लाहाकार सदस्य राम बहादुर बिष्ट , नेकपा एमाले दोहोली गाउकमिटी अध्यक्ष जयलाल अर्याल ,राष्ट्रिय कलाकार राम कुमार बिष्ट,सन्तोष लम्साल,नेत्र अर्याल लगायतको रहेको थियो ।

0 $type={blogger}: