काठमाडौ, कात्तिक २९
नेकपा माओवादीले चक्काजाम गरेपनि देशका प्रमुख राजमार्गमा गाडी चल्न थालेका छन् ।
पूर्वपश्चिम राजमार्ग, देशका प्रमुख मार्ग र सहायक मार्गमा सुरक्षा व्यवस्था कडा पारिएपछि लामो दुरीका गाडी चल्न थालेको नेपाल प्रहरीले जनाएको छ ।
काठमाडौबाट बाहिरिने गाडीलाई स्कर्टिङ गरेर अर्को जिल्लाको सीमासम्म लैजाने र त्यो जिल्लाबाट अर्को जिल्लासम्म सुरक्षा प्रबन्ध गरिएको प्रहरीले जनाएको छ । लामो दुरीको यात्रका लागि समस्या नहुने प्रहरीको दावी छ ।
यसैबीच काठमाडौमा पहिलेकै तुलनामा गाडी चलेका छन् । काठमाडौ उपत्यकाका सबै रुटमा गाडी निर्वाध चलिरहेका छन् । चक्काजामको असर कम हुँदै गएपछि व्यवसायी आफैंले पनि गाडी चलाइरहेका छन् ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालका अनुसार पेट्रोल बम सहित काठमाडौको बालाजुबाट प्रहरीले एक जनालाई पक्रेको छ ।
यसैबीच मकवानपुरको बसामाडी ३ ताप्केमा बिहीबार राती सार्वजनिक गाडीमा पेट्रोल बम प्रहार भएको छ । १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
उनीहरुको थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । अरु ३ जना घाइतेको वीरगञ्जमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । कलैयाबाट काठमाडौका लागि छुटेको ना ४ ख ९८६३ नम्बरको सार्वजनिक बसमा पेट्रोल बम प्रहार भएको हो ।

0 $type={blogger}:
Post a Comment