२० कात्तिक, काठमाडौं ।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले मोबाइल एप्लिकेसनको लागि फेसबुक प्याक योजना ल्याएको छ । ग्राहकहरुको सुविधाका लागि एप्लिकेसन-वेस्ड प्याकेज ल्याउने क्रममा नेपालमै पहिलो पटक फेसबुक प्याक योजना ल्याएको कम्पनीले दाबि गरेको छ ।
यस योजनाअन्तर्गत एनसेलका ग्राहकले अब मोबाइलमा फेसबुक चलाउनका लागि मात्रै भनेर प्याक खरिद गरी ५० पैसा प्रति एमबीसम्मको न्यूनतम दरमा फेसबुक चलाउन सक्नेछन् । कार्तिक २१ गते देखि लागु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक वा मासिक फेसवुक प्याक लिन सक्नेछन् ।
दैनिक प्याकअन्तर्गत ग्राहकले कर बाहेक ९ रुपैयाँमा १० एमबी बराबरको प्याकेज प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो प्याक खरिद गरेको २४ घण्टासम्मको लागि मान्य हुनेछ । साप्ताहिक प्याकमा ग्राहकले कर बाहेक ४९ रुपैयाँमा ७० एमबीको फेसबुक प्याक खरिद गर्न सक्नेछन् । यो प्याक सात दिनसम्मको लागि मान्य हुनेछ । त्यस्तै, कर बाहेक १ सय ४९ रुपैयाँमा ३ सय एमबीको फेसबुक मासिक प्याक खरिद गर्न सक्नेछन् । यो प्याक ३० दिनको लागि मान्य हुने कम्पनीले जनाएको छ ।
फेसबुक प्याकहरु मोबाइलमा मात्र लागु हुनेछ । कम्पनीका अनुसार सुलभ दरमा फेसबुक चलाउन ग्राहकको मोबाइलमा फेसबुकको आधिकारीक एप्लिकेशन हुनुपर्दछ । अथवा ‘एम डट फेसबुक डट कम’ टाइप गरेर पनि चलाउन सकिन्छ ।
फेसबुक प्याकबाट ग्राहकहरुले फेसबुकमा स्टाटस अपडेट गर्न, कुराकानी गर्न, तस्विर तथा भिडियो अपलोड गर्न, ‘लाईक तथा कमेन्ट’ गर्न र फेसबुक भित्रै रहेको भिडियो हेर्न सक्नेछन् । फेसबुकबाट अर्को एप्लिकेशन वा साइटमा गएमा -फेसबुकमै रहेका विभिन्न लिंकमा क्लिक गरेर खोलिएमा) एनसेलको नियमित इन्टरनेट शुल्क लागु हुने बताइएको छ ।
कम्पनीका अनुसार ग्राहकले ८१७११५३ मा डायल गरेर अथवा १७११५ मा फोन गरेर भनिए बमोजिम निर्देशन पालन गरि यो फेसबुक प्याक खरिद गर्न सक्नेछन् । यस्ता प्याक ग्राहकहरुले एकपटकको लागि वा स्वतः नविकरण हुने दुई तरिकाबाट खरिद गर्न सक्नेछन् ।
“यस योजनालेे हाम्रा ग्राहकहरुलाई सुलभ दरमा आफ्ना निकटजनहरुसँग सम्स्पर्शित रहन र आफ्ना विचारहरु अभिव्यक्त गर्ने अवसर प्रदान गर्नेछ, यसले हाम्रा सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास हामीले लिएका छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइरालाले भन्नुभयो ।

0 $type={blogger}:
Post a Comment