Sunday, November 10, 2013

गुल्मीमा युथपोर्स र वाईसीएलविच झडप

गुल्मी कार्तिक २४ |
चुनाव प्रचारका क्रममा गुल्मीको क्षेत्र नम्वर ३ अन्तर्गतको धुर्कोटरजस्थलमा तनाव भएको छ। नेकपा एमाले निकट युथपोर्स र एमाओवादी निकट वाईसीएलविच एक्कासी भेट हुँदा वाईसीएलका कार्यकर्ताले युथफोर्सका कार्यकर्तालाई घचेटेपछि झडपको स्थिती सिर्जना भएको स्थानीय कृष्ण केसीले बताए।

घचेटाघचड हुँदा दुवै पक्षका गरी ५ जना समान्य घाईते भएका छन्। वासीएलले एमालेका उमेद्वार गोकर्ण विष्ट विरुद्ध अराजनीतिक नाराजुलुस गरेको नेकपा एमाले क्षेत्रीय सचिव नरेश भण्डारीले बताए।

झडपको खवर थाहा पाएपछि जिल्लावाट थप सुरक्षा वल त्यसतर्फ पठाईएको डिएसपी राजकुमार लम्सालले वताए। एमालेले धुर्कोटरजस्थलका विभिन्न स्थानमा आज चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम आयोजना गरेको थियो भने वाईसीएलले गाउँस्तरीय भेलाको आयोजना गरेको थियो। अहिले स्थिति समान्य बन्दै गएको छ। 
सेतोपाटीबाट - 

                                                          

0 $type={blogger}: