ज्ञवा संचार कात्तिक २३ ।
एमालेको गढ मानिने गुल्मी जिल्लाको बलेटक्सार ९ लामाखर्कमा नेपाली काङ्ग्रेसले आज आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । विगतमा चुनावमा नेपाली काङ्ग्रेसको नाम लिन पनि नचाहने र चुनावका बेला नेपाली काङग्रेसका घरमा ढुंगामुडा गरेर आतंकित पार्ने खालका गतिविधि हुने यस गाउँमा अहिले युवाहरु खुलेर नेपालीको काङग्रेसको समर्थनमा हिडेका छन् ।
गुल्मी क्षेत्र नम्वर २ का युवा उम्मेदवार चन्द्र भण्डारी र नेपाली काङ्ग्रेसलाई रुख चिन्हमा मतदान गर्न जनतालाई आग्रह गर्दै घरदैलो सम्पन्न भएको नेपाली काङ्ग्रेसका युवा कार्यकर्ता विष्णु क्षेत्रीले बताएका छन्।
आजका गाउँका युवाहरुले घरदैलो कार्यक्रमलाई सम्पन्न गरेलगत्तै भोली युवा नेता भण्डारीको उपस्थिति संगै गाउँमा नेपाली काङ्ग्रेसका युवा र नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने नयाँ युवाहरु सहित शक्ति प्रदर्शन गर्ने कार्यक्रम रहेको अर्का युवा घरदैलो प्रचारप्रचार सहयोगी हेमन्त पल्लीले बताएका छन् । भोली दिनको ठिक १२ बजे नेपाली काङग्रेसका युवा नेता भण्डारीको हातबाट टिका ग्रहणसँगै नेकपा एमाले र नेकपा माओवादीबाट युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको नेपाल काङग्रेस गुल्मी क्षेत्र नम्वर २ प्रचार प्रसार समितिले जनाएको छ ।

0 $type={blogger}:
Post a Comment