Sunday, November 3, 2013

अझै वग्न सकेन कालिगण्डकी (तस्बिरसहित)


स्याङ्जा, कात्तिक १८ – स्याङ्जाको आलमदेवी गाविस ५ को विर्घा–कोटाकोट सडकखण्डमा पहिरो जा“दा कालिगण्डकी नदीको अधिकांश भाग फेरि थुनिएको छ । शुक्रबार दिउ“सोदेखि नियमित रुपमा वग्न थालेको नदी रातीदेखि नै फेरि थुनिएको हो । कालिगण्डकी नदीको पा“च भाग मध्ये चार भाग थुनिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । पहिरोको निरीक्षण गरेर फर्केका प्रमुख जिल्ला अधिकारी राउतले आलमदेवी ५ मा पर्ने कालिगण्डकी छेउको डाँडाको एक पाखा नै चर्किएको बताउनुभयो ।

नदीले पानी थुनिदिए पछि झण्डै एक किलो मिटर क्षत्र ताल जस्तै बनेको छ । पहिरो खसिरहेकोले जुन सुकै वेला खतरा हुन सक्ने भन्दै उहाले स्याङजा, पाल्पा र गुल्मीका विभिन्न गाविसका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो । संभावित खतरालाई ध्यानमा राख्दै प्रशासनले पानी थुनिएको क्षेत्रमा प्रहरी परिचालन गरेको छ । नदी थुनिएपछि कालिगण्डकी नदी क्षेत्रका बासिन्दा निक्कै त्रसित भएका छन् ।

स्याङजाको आलमदेवी गाविसको वडानंबर ७ तथा कोटाकोट, कारिकोट चण्डीभन्ज्याङ गाविसको वडानंबर ४, ५ र ८, श्रीकृष्ण गण्डकी गाविसका केही वडा, पाल्पाको अर्गली, वौघागुम्बा, गुल्मीको रुरु, रुद्रवेणी, ठूलो लुम्पेक, अश्लेवा लगायतका क्षेत्रका बासिन्दालाई खतरा हुन सक्ने प्रहरीले जनाएको छ । तत्काल पहिरो खसेर थुनिएको नदी तत्काल फुट्ने संभवना नभएपनि सतर्क भने रहिरहन प्रहरीले अनुरोध गरेको छ ।





0 $type={blogger}: