आज हरिवोधनी एकादशी भगवान विष्णुको पूजा आराधना गरी भक्तिभावपूर्वक मनाईंदैछ । हरीबोधनी एकादशी तथा ऋशीकेश उत्सवको पहिलो दिन आज रिडीमा स्नान मेला तथा ऋशीकेश मन्दिरमा बिशेष पुजा हुने कार्यक्रम रहेको छ्। यसका लागी हजारौको संख्यामा तिर्थयात्रीहरु आज रिडी आउँदै छन। त्यसैगरी बिहान ११ बजे यस बर्षका लागि ऋशीकेश मन्दिरको रथारोहण कार्यक्रमका मुलपाले नबिन कुमार श्रेष्ठको घर बाट पञ्चे बाजा सहित प्रशाद फलफुल ऋशिकेश मन्दिर लैजाने कार्यक्रम रहेको छ। उता गुल्मीको ऐतिहासीक तपोभुमी रेसुङगामा पोखरीमा पनि बिहानै देखि नुहाउन तथा पुजा गर्न भक्तजनको घुईचो लागेको छ ।
पौराणिक कथन अनुसार मुर नामक दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठुलो संघर्ष गर्नुपरेको थियो ।
युद्धको थकानबाट विश्राम लिन बद्री आश्रमको हेमवती गुफामा गई शयन गरेका भगवान विष्णु शयनबाट बिउँझिएको सम्झना स्वरुप आजको दिनलाई हरिवोधनी एकादशी भनिएको हो ।
अर्को पौराणिक मान्यता अनुसार आषाढ शुक्ल एकादशीको हरिशयनीदेखि आज कात्तिक शुक्ल हरिवोधनी एकादशीसम्म चार महिना भगवान विष्णु शेषमा शयन गर्नुहुने भएकाले यस अवधिमा गरिएको चर्तुमास व्रतको अनुष्ठान आजकै दिनदेखि समाप्त भएको मानिन्छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई विशेष रुपले पूजा गरी आज विवाह गरिदिने चलन छ ।

0 $type={blogger}:
Post a Comment