Thursday, November 14, 2013

सुतली बम सहित ५ पक्राउ

स्याङ्जा, कात्तिक २८ नेकपा–माओवादीका ५ जना कार्यकर्ता एक थान सुतली बमसहित सेती दोभानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा तमुवान राज्य समिति सचिवालय सदस्य एवं स्याङ्जा क्षेत्र नं १ का क्षेत्रीय इन्चार्ज खीमकुमार बिक, राज्य समितिहरु सदस्य विनोद सुनाम, तीलबहादुर गुरुङ, नन्दकुमार थापा र जिल्ला सदस्य प्रेम अधिकारीलाई जिल्ला प्रहरी कार्यालयमा विहीबार सार्वजनिक गरिएको छ । बिकको साथबाट एक थान सुतली बम, डायरी ४ थान, नगद २ सय ५० रुपैया“ का“टीलगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुले मंगलबार र बुधबार भएको दुई मोटरसाइकल आगजनी र ट्याक्सीमा तोडफोड गरेको समेत जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका सबैले आफूहरुलाई प्रहरीले षड्यन्त्रपूर्वक झुठा मुद्दा लगाएर फसाउन खोजेको बताएका छन् । उनीहरुले पार्टीको केन्द्रीय सर्कुलर अनुसार आफूहरु चुनाव बहिष्कारको अभियानमा मात्रै हिडेको दावी गरेका छन् ।

0 $type={blogger}: