स्याङ्जा, कात्तिक २७
स्याङ्जाको तिन्दोबाटे गाविस ६ चिउरीमा नचिनेका मान्छेको समूहले मोटरसाईकलमा आगजनी गरेको छ ।
एकादशीको अवसरमा राम नदी धाम राम्दीका लागि छुटेको लु १२ प २७८४ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो ।
१०/१२ जनाको समूहमा रहेका नचिनेका मान्छेले आगजनी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक थुमपोखरा गाविस ८ का नारायणविक्रम खाँड भने सकुशल हुनुहुन्छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेकपा–माओवादी नेतृत्वको मोर्चाले आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

0 $type={blogger}:
Post a Comment