Saturday, November 2, 2013

फेरि थुनियो कालिगण्डकी

स्याङ्जा, कात्तिक १६
स्याङ्जाको आलमदेवी गाविस वडा नं ५ को विर्घा–कोटाकोट सडक खण्डमा पहिरो जाँदा कालिगण्डकी नदीको अधिकांश भाग फेरि थुनिएको छ ।
शुक्रबार दिउ“सोदेखि नियमित रुपमा बग्न थालेको नदी रातीदेखि नै फेरि थुनिएको हो । कालिगण्डकी नदीको पाँच भाग मध्ये चार भाग थुनिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
पहिरोको निरीक्षण गरेर फर्केका प्रमुख जिल्ला अधिकारी राउतले आलमदेवी ५ मा पर्ने कालिगण्डकी छेउको डाँडाको एक पाखा नै चर्किएको बताउनुभयो । नदीले पानी थुनिदिएपछि झण्डै एक किलो मिटर क्षेत्र ताल जस्तै बनेको छ ।
पहिरो खसिरहेकोले जुनसुकै बेला खतरा हुन सक्ने भन्दै उहाले स्याङजा, पाल्पा र गुल्मीका विभिन्न गाविसका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभयो । नदी थुनिएपछि कालिगण्डकी नदी क्षेत्रका बासिन्दा निक्कै त्रसित भएका छन् ।
स्याङजाको आलमदेवी गाविसको वडानंबर ७ तथा कोटाकोट, कारिकोट चण्डीभन्ज्याङ गाविसको वडानंबर ४, ५ र ८ ,श्रीकृष्ण गण्डकी गाविसका केही वडा, पाल्पाको अर्गली, वौघागुम्बा, गुल्मीको रुरु, रुद्रवेणी, ठूलो लुम्पेक, अश्लेवा लगायतका क्षेत्रका बासिन्दालाई खतरा हुन सक्ने प्रहरीले जनाएको छ । वर्षायामबाट झर्न थालेको पहिरो झण्डै ४ महिना हु“दा पनि रोकिएको छैन ।

0 $type={blogger}: